नोबेल अस्पताले निःशुल्क अप्रेशन गरिदिपछि चौधरी परिवारमा फर्कियो खुशी

बिराटनगर । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका बालकको टाउकोको शल्यक्रिया निःशुल्क गरेको छ । बालिका पवित्रा चौधरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा शल्यक्रिया पुनः खुशी फर्किएको हो ।

आर्थिक अवस्था कम्जोरी भएका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको थियो । तर, नोबेल अस्पतालले निशुल्क अप्रेशन गरिदिएको हो । छोरीको सफल शल्यक्रियापछि हर्षित मुद्रामा देखिएका चौधरीले नोबेल अस्पताल प्रति कृतज्ञ हुँदै भने ‘विरामीको उपचार गर्ने मात्र हैन, गरिवको पीडामा मल्हम लगाउँने अस्पताल पनि रहेछ ।’

दमक–७ घर भएका सुवास र मिना चौधरीको दोस्रो सन्तानका रुपमा जन्मिएकी पवित्राको टाउको जन्मजात नै सामान्य बच्चाको भन्दा ठुलो थियो । त्यसपश्चात अस्वभाविक रुपमा टाउकोको आकार बढ्दै गयो । अन्ततः बच्चाको शरिर भन्दा टाउको ठुलो भएपछि विहान बेलुकाको छाक टार्न धौधौ हुने चौधरी परिवारलाई छोरीको ज्यान कसरी बचाउने अर्को चिन्ताले पिरोल्यो ।

सुवास र मिनाले छोरीको ज्यान बचाउन धेरैलाई हार गुहार गरे, धेरै अस्पताल क्लिनिकमा देखाए । जतिठाउँ गएपनि सबैले महंगो उपचार गर्नुपर्छ भनेरै तर्साए । कतिले छोरीको ज्यानको आश मार्न समेत भने । यस्तो अवस्थामा रहेको चैधारी परिवारलाई नोबेल अस्पतालले खुसि प्रधान गरिदिए । news24nepal

The post नोबेल अस्पताले निःशुल्क अप्रेशन गरिदिपछि चौधरी परिवारमा फर्कियो खुशी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.