विश्वकप छनाेट अघि अायो यस्ताे खुशीको खबर

विश्वकप छनोटको समूह बीमा रहेकाे नेपालको सवैभन्दा ठूलाे चुनाैती भनेकाे अफगानिस्तान हाे। नेपालकाे समूहमा अायाेजक जिम्बावेसँगै हङकङ र स्कटल्याण्ड पनि छन्। लिग चरणका दुर्इ खेल जित्न सके नेपाल सुपरसिक्समा पुग्नसक्छ र त्यसले नेपाललार्इ एकदिवसीय मान्यता दिलाउनेछ।

प्रतियोगिता फागुन २० गतेदेखि सुरु हुँदैछ। र अाज नेपालले पहिलो वार्मअप खेल यूएर्इसँग खेल्दैछ। नेपालकाे कडा प्रतिद्वन्द्वी मानिएको अफगानिस्तानका लागि भने प्रतियोगिता अघि दुखद खबर छ। जसको फाइदा नेपाललार्इ पुग्न सक्छ।

अफगानिस्तानका कप्तान तथा मध्यक्रमका ब्याट्सम्यान अस्गर स्टिानिकजाइ विश्वकप छनोटबाट बाहिर भएका छन्। उनी एपेन्डिक्सका कारण अप्रेशन गरेकाले विश्वकप छनोटबाट बाहिरिएका हुन् ।

अनुभवी ब्याट्सम्यान उनले अफगानिस्तानको लागि ८३ एकदिवसिय खेलमा २१ दशमलब १४ को औसतले १५ सय ६५ रन बनाएका थिए। कप्तान नै नखेल्ने भएपछि अफगानिस्तानको सेट विग्रिएको छ। त्यसले अफगानीहरुलार्इ केही कमजाेर बनाएको छ।

उनको अनुपस्तिथीमा हालको विश्व नम्बर एक बलर तथा उपकप्तान रसिद खानले कप्तानीको भुमिका निर्वाह गर्ने छन्। नेपाल र अफगानिस्तानबीचको खेल अप्रिल १० तारिखमा हुने तय थियाे।

The post विश्वकप छनाेट अघि अायो यस्ताे खुशीको खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.