‘म जन्में भनेर बाबा घर नफर्किनुभएको हो ममी ?’

फागुन ११ – ‘बाबा म जन्में भनेर घर नफर्किनुभएको हो ममी ?’ ६ वर्षकी बालिकाले यस्तो कुरा सोच्लिन अनि भन्लिन ? धेरैको उत्तर आउला यो त ठूलो भइसकेपछि मात्रै बुझ्ने र सोच्ने कुरा हो । साना केटाकेटीले कहाँ यस्तो कुरा बुझ्छन र गर्छन् ।

तर सर्लाहीको जानकीनगर–३ की समर्पण लामाको दिमागमा सानै उमेरमा यो कुरा गाडिएको छ । उनले सानै उमेरमा यस्ता कुरा भन्नुको कारण हो विदेश गएका बुवा ६ वर्षमा पनि घर नफर्किनु ।

बुवा विदेश जाँदा समर्पण चार महिनाकी मात्रै थिइन् । त्यसैले मान्छे चिन्ने भएदेखि उनले बुवाको काख पाएकी छैनन् । बुवा देख्न नपाएकी छोरीको यस्तो प्रश्नले तुलसालाई पनि भावुक बनायो । ‘मैले कहिले उसँग त्यस्तो कुरा गरेको छैन, कहाँबाट उसले त्यस्तो भनि म पनि छक्क परेको छु ।’ तुलसा भन्नुहुन्छ ।

पहिला चाहिँ समर्पण अरुका बुवा देख्ता हाम्रो बाबा कहिले आउनुहुन्छ ममी भनेर सोध्थिन् । छोरीलाई भोलि पर्सी आउनुहुन्छ भनेर छोरीका प्रश्न टालटुल पार्नुहुन्थ्यो तुलसा । उमेर बढेसँगै छोरीले गर्ने प्रश्न पनि फेरिएका छन् ।

समर्पण अहिले त आफ्नै अगाडि बुवासँग गफ गर्नु भन्छिन आमालाई । उनी आफूलाई चकलेट र साईकल ल्याईदिनु पनि भन्न लगाउँछिन् । फोन लागे त छोरीका कुरा मात्रै होइन तुलसाले पनि धेरै कुरा भन्थिन होला । तर लाग्दैन ।

छोरीको जिद्दीका अगाडि तुलसाको केही लाग्दैन । ‘के गर्नु मान्दै मान्दिन फोन नलागेपनि बोल्दे जस्तो गर्छु’ तुलसा भन्नुहुन्छ ‘धन्न बोलेको सुन्छु चाहिँ भनेकी छैन’

एकातिर छोरीका प्रश्न अर्कातिर श्रीमानको निष्ठुरीपन । यसको चेपुवामा परेकी तुलसा आँसु थाम्न मुस्किल पर्छ । तुलसाका श्रीमान् तिलक दर्लामी मलेसिया जानुभएको हो । फर्निचरको काममा गएका तिलकले कमाई राम्रो छैन भन्नुहुन्थ्यो । त्यसैले जाँदा लिएको ६० हजार रुपैयाँ ऋण तिर्न नै दुई वर्ष लगाउनुभयो ।
‘घर फर्किन्छु भनेपछि गहना बेचेर पैसा पठाएँ’

दुई वर्षपछि अहिलेको काममा कमाई राम्रो नभएको भन्दै श्रीमतीसँग अब त्यहाँबाट भाग्न लागेको सुनाउनुभयो तिलकले । भागेपछि अवैधानिक हुने भएकाले घर फर्किन पैसा चाहिने भन्दै तिलकले तुलसासँग ५० हजार रुपैयाँ र नागरिकता पठाइदिन भन्नुभयो ।

श्रीमान घर फर्किन खोज्दा कमाएर मात्रै फर्किनु भन्न सक्नुभएन तुलसाले । श्रीमानलाई घर ल्याउन पठाइदिने पैसा थिएन् । उहाँले आफूले लगाएको गहना बेच्नुभयो । श्रीमानलाई ५० हजार रुपैयाँ पठाइदिनुभयो ।

पैसा पठाएपछि तुलसा श्रीमानको घर आउने दिन पर्खिएर बस्नुभयो । तर तिलक फर्किनुभएन् । सम्पर्कविहीन पो हुनुभयो । ‘उहाँले अन्तिम चोटी फोन गर्दा के के ल्याइदिउँ भनेर सोध्नुभएको थियो । मैले मलाई तपाईं आए पुग्छ अरु केही चाहिँदैन भनेको थिएँ’ तुलसाले श्रीमानसँगको अन्तिम पल्टको कुराकानी सम्झिनुभयो ।

त्यति मात्रै होइन फोन गर्न छोड्नु अघिको श्रीमानको व्यवहार पनि सम्झना आउँछ तुलसालाई । त्यतिबेला उहाँ फोन गर्दा रिसाउनुहुन्थ्यो । कहिले काहिँ त बोल्दा बोल्दै पनि काटिदिनु हुन्थ्यो ।

त्यसैले श्रीमानले बाध्यताले सम्पर्कविहीन हुनुभएको हो कि अरु नै कारण छ भन्ने तुलसाले बुझ्न सक्नुभएको छैन । कतै फोन लागिहाल्छ कि भनेर उहाँ दिनमा एक पटक फोन गर्नुहुन्छ । तर लाग्दैन ।

एकातिर केही भइहाल्यो कि भनेर मन पिरोलिन्छ तुलसाको । अनि छिमेकीहरु श्रीमान् श्रीमतीसँगै हाट बजार गएको, छोराछोरी लिएर घुम्न गएको देख्ता आफूलाई सम्हाल्न गाह्रो पर्छ तुलसालाई । ‘मेरो श्रीमान् पनि भएको भए यसरी नै हिँडथें , छोरीले माया पनि पाउँथी ।’ तुलसा भन्नुहुन्छ ।

आफ्नो मन जेनतेन सम्हाल्ने तुलसालाई छोरीले घरीघरी गर्ने प्रश्नले बिथोल्छ । ‘अहिले त उसले साथीहरुले भनेको बाबा त आउनुहुन्न रे किन टाँटेको भन्न थालेकी छे ।’ तुलसाले भन्नुभयो ।

बाटोमा साथीहरु आफ्ना बुवासँग हिँडेको देख्ने बित्तिकै समर्पण घरमा आएर बाबाको फोटो हेर्छिन् । ‘अनि ऊ त्यही फोटोसँग मेरो बाबा छुच्चो हुनुहुन्छ । आउँछु आउँछु भनेर आउनु हुन्न । म अब बाबासँग बोल्दिन भनेर भित्तातिर फर्किन्छे’ छोरीका कुरा सुनाउँदा तुलसाका आँखाका डिलमा अड्किएका आँसु त्यसपछि भने रोकिएनन् ।

गुनासो त कति हो कति छ श्रीमानसँग तुलसाको । तर सुनाउन पाउनुभएको छैन । यदी बोल्न पाए ‘मेरो माया नलागे पनि छोरीको त लाग्नु पर्ने नी, छोरा मान्छेको मन त मरुभुमीको वालुवा जस्तो हुँदो रैछ कहिले नरसाउने’ भन्ने थिएँ भन्नुहुन्छ । ujyaaloonline

The post ‘म जन्में भनेर बाबा घर नफर्किनुभएको हो ममी ?’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.