दुर्घटनामा ज्यान गुमाएका सिंचाइ सचिवकी डाक्टर छोरी, जसले उद्धारमा संलग्न प्रहरीको जीवन बचाइन्

काठमाडौं– छोरी रञ्जनाको विवाहको कुरा गर्न सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव कपिलवस्तु पुगेर काठमाडौं फर्कंदै थिए। तर, छोरीको विवाह गराउन नपाउँदै शनिबार बिहान दुर्घटनामा उनले ज्यान गुमाए।

उनी चढेको बा२झ ३१४० नम्बरको बोलेरो जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटनामा पर्‍यो। घटनामा यादवको मृत्यु भयो भने छोरा बेपत्ता छन्।

विवाहको तयारीमा जुटेको यादवको परिवारका सदस्यहरु विक्षिप्त छन्। बुवा दुर्घटनामा परेको खबर पाएपछि छोरी रञ्जना पनि बिहानै सलाङघाट पुगेकी थिइन्।

बिहान करिब साढे ९ बजे त्रिशुलीको करिब ६० फिट तलबाट बुवाको शव निकालियो। बगरमा राखिएको शवको छेउमा बसेर उनी रुँदै थिइन्। प्रहरीहरु बेपत्ता रहेका अन्य व्यक्तिको खोजीमा लागिरहेका थिए।

त्यत्तिकैमा उद्धारमा खटिएका एक प्रहरी त्रिशुलीमा डुबेर गम्भीर घाइते भएको खबर आयो। सशस्त्र प्रहरीका गोताखोर सशस्त्र प्रहरी हवल्दार तारानाथ चपाई बेहोस भएका थिए। नदीमा करिब २० फिट मुनि अक्सिजन मास्क खुस्किएपछि उनी बेहोस भएका थिए। उनीसँगै खोलामा डुबेका अर्का प्रहरीले उनलाई उद्धार गरेर ल्याएका थिए।

उनको अवस्था निकै गम्भीर भइसकेको थियो। उद्धारमा खटिएका इलाका प्रहरीका कार्यालयका गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनालाई रञ्जना चिकित्सक भएको थाहा थियो। उनले रञ्जनालाई घाइते भएका प्रहरीलाई एक पटक हेरिदिन आग्रह गरे।

पीडा लुकाएर रञ्जना उपचारमा खटिइन्। उनले बेहोस रहेका चपाईको सिपिआर (छातीमा दुई हातले थिचेर श्वासप्रश्वास फर्काउने विधि) गरिन्।

‘त्यसपछि घ्यारघ्यार आवाज आयो। लगत्तै सेनाको हेलिकोप्टर बोलाएर हवल्दार चपाईलाई काठमाडौं लगिएको थियो। सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेका उनको अवस्था अहिले सामान्य छ।

‘तत्कालै चिकित्सक रञ्जनाले उपचार नगरेको भए घाइते प्रहरीको अवस्था गम्भीर हुन सक्थ्यो’, धादिङमा कार्यरत सशस्त्र प्रहरीका डिएसपी जनक सापकोटा भन्छन्, ‘चिकित्सकले सिआरपी गरेकाले उनको छिटै होस खुल्यो।’

डा रञ्जना नेपाल प्रहरीकै कर्मचारी हुन्। उनी प्रहरी अस्पतालमा इन्सपेक्टरका रुपमा कार्यरत छिन्। source:swasthyakhabar

The post दुर्घटनामा ज्यान गुमाएका सिंचाइ सचिवकी डाक्टर छोरी, जसले उद्धारमा संलग्न प्रहरीको जीवन बचाइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.