‘कृ’ नायिका अदितीले नायिका पुजा शर्मालाई चिन्दिन भनेपछि

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’ले देशैभरी उत्कृष्ठ ब्यापार गरिरहेको छ । पहिलो र दोश्रो दिन चलचित्रले एकदमै राम्रो ब्यापार गरेको छ भने तेश्रो दिन पनि हलमा दर्शकहरुको उत्तिकै भिड छ । अनमोल केसी स्टारर चलचित्र ‘कृ’मार्फत नायिका अदिती बुढाथोकीले पहिलो पटक चलचित्र क्षेत्रमा पाईला टेकेकी हुन् ।

यसअघि भारतको मुम्बईमा बस्दै आएकी अदिती त्यहाँका मिडियाहरुको आँखामा पनि पर्दै आएकी छिन् । चलचित्र प्रदर्शनको क्रममा बिभिन्न मिडियाहरुसँगको अन्तर्वार्ताको क्रममा अनमोल र अदितीको नयाँ नयाँ कुराहरुको बारेमा दर्शकहरुले जान्ने मौका पाईरहेका छन् ।

यस्तै क्रममा एक मिडियासँगको कुराकानीमा ‘कृ’ नायिका अदिती बुढाथोकीले चलचित्र ‘प्रेम गीत’ र ‘म यस्तो गीत गाउँछु’ मार्फत चर्चामा आएकी नायिका पुजा शर्मालाई नचिनेको बताएकी छिन् । प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, करिश्मा मानन्धर, रेखा थापा, नम्रता श्रेष्ठको बारेमा सोध्दा राम्रोसँग बताएकी अदितीले पुजा शर्माको बारेमा सोध्दा भने आफुलाई थाहा नभएको खुलासा गरिन् ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसीलाई दुई अवतारमा देखाईएको । चलचित्रमा अनमोल एक्सनको साथमा लवर ब्वाईको रुपमा पनि देखिनेछन् । सुवास इंटरटेनमेन्ट र काजल फिल्म्सको संयुक्त ब्यानरमा बनेको चलचित्रका निर्माता सुवास गिरी र अनमोल पिता भुवन केसी हुन् । चलचित्रमा अनमोलको जोडीको रुपमा अदिती बुढाथोकी छिन् भने अन्य कलाकारहरुमा अनुपबिक्रम शाही, कामेश्वर चौरासिया रहेका छन् । चलचित्रमा प्रदीप भारद्धाज र आशिष रेग्मीको संबाद तथा पटकथा रहेको छ ।

The post ‘कृ’ नायिका अदितीले नायिका पुजा शर्मालाई चिन्दिन भनेपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.