चलचित्र तयारीमा व्यस्त श्रीदेवीले तीन महिनासम्म गर्न पाएकी थिइनन् पतिसँग कुरा

एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको गएराति निधन भएको छ। ५४ वर्षीया श्रीदेवीको विवाह समारोहमा सहभागी हुन दुबई गएका बेला उतै हृदयघातका कारण निधन भएको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बलिउड क्षेत्रमा बादशाहत कायम गर्नुपूर्व उनले तमिल, तेलुगु, मलयालम कन्नड लगायतका चलचित्रमा समेत अभिनय गरिसकेकी थिइन्। उनी अभिनयामा यति धेरै भिजेर काम गर्थिन् की उनले अरु सबै कुरा भूल्ने गर्थिन्।

पछिल्लो समय उनको चलचित्र माम प्रदर्शन भएको थियो। यो चलचित्रमा उनले आमाको भूमिका निर्वाह गरेकी थिइन्। श्रीदेवीले यो चलचित्रका लागि यतिधेरै मेहनत गरेकी थिइन् की चलचित्र निर्माता बोनी कपुर आफ्ना पति हुन्।

चलचित्रको ट्रेलर सार्वजनिक हुँदा उनले यो कुरा सार्वजनिक गरेकी थिइन्। उनले चलचित्रको तयारी गर्नका लागि आफ्ना पनि बोनी कपुरसँग तीन महिनासम्म कुरा गर्न पाइन्। उनले भनेकी थिइन्, तीन महिनासम्म मैले बोनीसँग पतिका रुपमा कुरा गरिन्। विवान गुड मर्निङ र बेलुकी गुड नाइट मात्र हुने गरेको उनको भनाई थियो।

यो चलचित्रको निर्देशन रवी उद्यावरले गरेका थिए भने श्रीदेवीका पति बोनीले यो चलचित्र निर्माण गरेका थिए। यो चलचित्रका लागि कुनै कुराको असर नहोस् भनेर उनले सबै ध्यान चलचित्रमा लगाएकी थिइन्।

The post चलचित्र तयारीमा व्यस्त श्रीदेवीले तीन महिनासम्म गर्न पाएकी थिइनन् पतिसँग कुरा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.