बेडरुममा श्रीमानले भनेजस्तो गर्न नमान्दा…

बेलुकाको खाना खाएर श्रीमानसँगै सुत्न गएकी महिलाले श्रीमानले भनेजस्तो गर्न नमानेपछि श्रीमानले उनको हत्या गरिदिएका छन् । आफूले भनेको नमान्दा रिसमा हत्या गरेको श्रीमानले बताएका छन् । ती दुईको राती यौन सम्बन्धको विषयलाई लिएर झगडा भएको थियो ।

श्रीमान्ले राती यौन सम्बन्धको प्रस्ताव गरेकोमा श्रीमतीले नमानेपछि रिसाएका श्रीमान्ले हत्या गरिदिएका हुन् । भारतको हरियाणा राज्यको कुरुक्षेत्र जिल्लाको जोगना खेडा गाउँका ती संजीव नामका ती व्यत्तिःले श्रीमती सुमनको हत्या गरेका हुन् । राती हत्या गरेका संजीव बिहान उठेर घरबाहिर हिँडेका थिए । संजीव हिँडेको लामो समयसम्म सुमन नउठेपछि परिवारले उनको कोठामा गएर हेर्दा उनी मृत भेटिएकी थिइन् ।

सुमनका माइतीले भने उनको हत्याको कारण अर्कै भएको दावी गरेका छन् । सुमनका दाजु रविले संजीवको अर्कै युवतीसँग अबैध सम्बन्ध भएको र सुमनले यसको विरोध गर्दा संजीवले हत्या गरेको दावी गरेका छन् । संजीवको आफ्नै दाजुकी सालीसँग अबैध सम्बन्ध भएको खुलेको छ । यही सम्बन्धका कारण उनले सुमनलाई कुटपिट पनि गरेका थिए । यही कारण गाउँमा कैयौं पटक पंचायत पनि बोलाइएको थियो । संजीवको अबैध सम्बन्धका कारण भएको झगडापछि सुमन माइती गएकी थिइन् ।

हालै सुमन २ महिनादेखि माइतीमा बसिरहेकोमा संजीव गएर अब यस्तो गल्ती नगर्ने भन्दै माफी मागेर फर्काएर घर ल्याएका थिए । घटना शंकास्पद भएपछि डाक्टरहरुले शवलाई पोस्टमार्टमका लागि खानपुर मेडिकल कलेज सोनीपत पठाएका छन् । सुमनका दाजु रवीरे संजीवसहित परिवारका ६ जनाविरुद्ध हत्या अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।

ध्यान केन्द्रित गर्न चुईंगम खानुस..

भर्खरै सम्पन्न एक खोजमा ध्यान केन्द्रित गर्न चुईंगम उपयोगी हुने पत्ता लागेको छ ।जुन काममा लगातार एकाग्रताको जरुरत हुन्छ,त्यसमा चुईंगम उपयोगी हुने तथ्य कार्डिफ विश्वविद्यालयकी केट मोर्गन र उनका सहयोगीले पत्ता लगाएका हुन। मोर्गनको यो खोज ‘ब्रिटश जर्नल अफ साइकोलोजी’मा पनि प्रकाशित छ। उक्त रिपोर्टमा चुईंगमले ध्यान केन्द्रित गर्न सहयोग गर्ने कारणहरु समावेश छ।

यस भन्दा अघिका चुईंगम सम्वन्धी खोजमा दृश्य हेर्दा चुईगमले गर्ने फाइदाका विषयमा खोज केन्द्रित थिए। यो खोजमा भने सुन्ने कार्यमा चुईंगमले पुर्याउने फाइदाका विषयमा केन्द्रित थियो।

खोजका क्रममा चुईंगम खाने र नखाने मानिसहरुलाई समावेश गरेर विभीन्न किसिमका प्रश्न सोधिएको थियो।
खोजमा चुईंगम नखाने भन्दा चुईंगम खाने सहभागीले चाँडो उत्तर दिएका थिए र सहि पनि दिएका थिए ।

तपाईको जीवनसाथी किन रिसाउँछिन् तपाईसँग…

दाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामाविश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनैपनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ ।

महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारलेमहिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनिआउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ

ती व्यवहार के के हुन् त…

१. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन
गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ ।

२. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् ।

उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ ।

३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून्

आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो ।

४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो

अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ ।

यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय

हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन

The post बेडरुममा श्रीमानले भनेजस्तो गर्न नमान्दा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.