गायिका जलजलाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै, छोरी बचाइदिन बाबुको यस्तो हृदयबिदारक अपिल

दुबै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी गायिका जलजला परियारको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गैरहेको छ । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा सहयोग जुटाउन बिभिन्न कलाकार लगायत सहयोगी मनहरुले अभियान थालेका छन् ।

उनका बाबु नारायण बहादुर दर्जी जलजलाको उपचारको लागि अब किड्नी फेर्नुको विकल्प नभएको बताउछन । उनका अनुसार घरपरिवारका मानिसले किड्नी दिएमा जलजलाको उपचारको लागि ८ – १० लाखसम्म खर्च लाग्नेछ। तर अस्पतालले आधिकारिक रुपमा अहिलेसम्म कति खर्च लाग्ने हो बताएको छैन।

घरपरिवारको सदस्यको किड्नी जलजलालाई दिनको लागि चेक-अप गरिरहेको र दैनिक रुपमा २० देखि ३० हजारसम्म खर्च हुने गरेको जलजलाका बाबु नारायणले बताए। साथीभाई र सहयोगी मनहरुले सहयोगको हात बढाईरहेको हुँदा आफुलाई उपचारको लागि सहज हुने बताउदै उनले अहिलेसम्म ४ लाख सहयोग आएको जानकारी दिए।

आफ्नो आर्थिक अवस्था कमजोर भएको हुँदा एक प्रतिभावान सुमधुर स्वरकी धनि जलजलालाई बचाइदिन उनले सहयोगी मनहरुलाई आग्रह गरे। सहयोगी मनहरुले आफ्नो हात अगाडी बढाउन मोबाइल नम्बर ९८४३६०३००५ मा सम्पर्क गर्न सक्नुहुनेछ।
गायिका जलजलाले गाएको बाटोमुनीको फूल–२ को गीत केही कदम निकै चर्चामा रह्यो भने ढुंगाको मन हुनेलाई, म त रोएँ रोएँ जस्ता दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् ।

उनको उपचारमा गायक प्रताप दास, सागर आले, राजेश पायल राई लगायतका कलाकार तथा बिभिन्न संघसंस्थाले सहयोग र अभियान नै चलाइरहेका छन। तपाईंहरु पनि उनको उपचारका लागि सहयोग गरेर एउटा सुमधुर स्वरकी धनी गायिका जलजला परियारलाई गायनमा फर्काउन सक्नुहुनेछ ।पिएनपिखबर परिवार सम्पूर्ण शुभचिन्तकहरुमा सहयोगको अपिल गर्दै गायिका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

The post गायिका जलजलाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै, छोरी बचाइदिन बाबुको यस्तो हृदयबिदारक अपिल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.