बिचरा सिरियाः राहत सामग्रीसँग यौन साट्न बाध्य महिला

सिरियाका महिला संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूका प्रतिनिधि भएर राहत सामग्री र सेवा वितरण गर्ने पुरुषबाट यौन शोषणमा परेका बिबिसीले जनाएको छ ।

राहत वितरण गर्ने केही मानिसहरूका अनुसार पुरुषले यौन क्रियाकलापमा सहभागी हुन मानेकालाई मात्र खानेकुरा र यातायातको सुविधा दिने गरेका छन् ।

तीन वर्ष अघि यस्तो शोषण र दुव्र्यवहारको बारेमा सम्बन्धित निकायहरूलाई चेतावनी दिइएको भए पनि एउटा नयाँ प्रतिवेदन अनुसार यसले देशको दक्षिणी भागमा निरन्तरता पाइरहेको छ । संयुक्त राष्ट्र संघका निकायहरू र परोपकारी संस्थाहरूले भनेका छन् ‘यस्तो शोषण उनीहरूलाई मान्य छैन ।’ तर, उनीहरूलाई आफ्ना साझेदार संस्थाहरूबाट यस्तो शोषण भएको जानकारी नआएको बताएका छन् ।
राहत वितरण कार्यमा संलग्न मानिसहरूले बीबीसीलाई बताएका छन्– ‘यस्तो शोषण यति धेरै फैलिएको छ कि सिरियाली महिला राहत वितरण केन्द्रहरूमा जान मानिरहेका छैनन् । उनीहरूले अड्कल गरेका छन्, ती महिला यौन शोषणमा परिसकेका छन् ।’

एक जना राहत कर्मचारीले दाबी गरेका छन् ‘केही मानवीय निकायहरूले यौन शोषणको मुद्दालाई आँखा चिम्लेर आफ्नो कामलाई अगाडि बढाएका छन् । किनभने त्यहाँ अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीहरू, स्थानीय अधिकृतहरू र साझेदारी संस्थाहरू मार्फत मात्र सिरियाको जोखिमपूर्ण ठाउँहरूमा राहत सेवा पुर्याउन सक्थे ।’

युएनएफपीएले गत वर्ष लंैगिकताको आधारमा हुने हिंसाको अध्ययन गरेको थियो । उक्त (भ्वाइसेस् फ्रम सिरिया २०१८) प्रतिवेदनले सिरियाको विभिन्न प्रान्तहरूमा मानवीय राहतको बदलामा यौन बेचिने गरेको तथ्य उल्लेख गरेको थियो ।

यौन शोषणको बारेमा पहिलो पल्ट तीन वर्ष अगाडि जानकारी गराइएको थियो । एउटा परोपकारी संस्थाको मानवीय सल्लाहकार ड्यानिल स्पेनसरले सन् २०१५ को मार्चमा जोरडनको शरणार्थी शिविरमा यौन शोषणका आरोपहरू एउटा सिरियाली महिला समूहबाट सुनेकी थिइन् ।

उनले यस शिविरका केही महिलालाई लक्षित गरी उनीहरूसँग एउटा छलफल सञ्चालन गरेकी थिइन् । उनीहरूले बताएअनुसार सिरियाका केही स्थानीय तहका पुरुषले उनीहरूलाई यौन शोषण गरेर राहत दिएका थिए ।

‘उनीहरूले पठाइएको राहत सामग्री रोके र महिलाको यौन शोषण गरे’ स्पेनसरले भनिन् ।

केही महिनापछि सन् २०१५ को जुन महिनामा इन्टरनेशनल रेस्क्यू कमिटिले १ सय ९० महिला र बालिकाको सिरियाको दुई प्रान्तहरूमा सर्वेक्षण गर्यो । उक्त संस्थाको प्रतिवेदन अनुसार ४० प्रतिशतलाई राहत सामग्री र सेवा लिने बेला यौन हिंसा भएको थियो ।

ती प्रतिवेदनहरू संयुक्त राष्ट्र संघका निकायहरू र अन्तर्राष्ट्रिय परोपकारी संस्थाका प्रतिनिधिहरू बीच जोडर्नको राजधानी अमानमा जुलाई १५ सन् २०१५ मा युनएफपीएले आयोजना गरेको बैठकमा प्रस्तुत गरिएको थियो ।

यो बैठकपछि केही मानवीय संस्थाहरूले आफ्ना नीति र प्रक्रियाहरूलाई कडा बनाएका थिए ।

The post बिचरा सिरियाः राहत सामग्रीसँग यौन साट्न बाध्य महिला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.