बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी अब यस संसारमा रहिनन् । बाथटबमा डुकेर उनको मृत्यु भएको छ ।
श्रीदेवीसँग जोडिएका कैयौं घटनाहरु बेलाबेलामा सुन्न पाइन्छ । यीमध्ये एक घटना उनकी छोरी जाह्नवीसँग जोडिएको छ । छोरी जाह्नवीले श्रीदेवीलाई खराब आमा भन्दै उनीसँग बोल्नै छाडेको कुरा श्रीदेवी स्वयंले एउटा अन्तरवार्तामा बताएकी थिइन् ।
जाह्नवी ६ वर्षकी हुँदा उनले ‘सदमा’ फिल्म हेरेकी थिइन् । फिल्म हेरेपछि जाह्नवीले आमासँग ३ दिनसम्म बोलिनन् । यति मात्र होइन जाह्नवीले उनलाई खराब आमा समेत भनेकी थिइन् । सदमा हेरेपछि जाह्नवीले ‘तपाइँले उहाँ (कमल हसन)सँग ठिक गर्नुभएन’ भनेकी थिइन् ।
जाह्नवीले सानैदेखी आमा श्रीदेवीको बाटो पच्छ्याइन् । जाह्नवीले बलिउड डेब्यू गर्ने फिल्मसमेत श्रीदेवीले तय गरेकी थिइन् । तर, उनको डेब्यू फिल्म हेर्न श्रीदेवी यो संसारमा रहिनन् ।
The post यसकारण श्रीदेवीलाई आफ्नै छोरीले भनेकी थिइन् खराब आमा, बोल्नसमेत छोडेकी थिइन् appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.