भरतपुर महानगरः रेणु र ज्ञवालीको मतान्तर ४४२

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो मतान्तर कम बनाउँदै लगेकी छन्।

बिहीबार रातीसम्म करिब २ हजार भन्दा बढी मतले पछि परेकी रेणु अहिले भने एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा ४ सय ४२ मतले मात्र पछि परेकी छन् । एमाले उम्मेदवार ज्ञवालीले हालसम्म ११ हजार ५ सय ८४ मत ल्याएका छन्।

रेणुले आफ्नो मत बढाउँदै ११ हजार १ सय ४२ पुर्‍याएकी छन् ।

राप्रपाका बद्री तिमिल्सिनाले ९ सय १३ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले नै अग्रता लिएकी छन् । उनले १२ हजार ९ सय ७६ मत ल्याएकी छन् । एमालेकी उम्मेदवार दिव्या आचार्यले ९ हजार ८ सय ५६ मत ल्याएकी छन् भने राप्रपाले १०६९ मत ल्याएका छन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.