दोलखामा झडप, सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

३१ बैशाख, काठमाडौं । मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गरे । उनले भने, ‘मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ ।’

उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।

आइतबार मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनाव भएको थियो । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको थियो । तामाकोशी र वैत्यश्वरमा अधिकांश मतदान केन्द्रमा सत्तापक्षले बुथ कब्जा गरेको भन्दै एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन्। source:onlinekhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.