२३ वर्षे विख्यात गायक जस्टिन बीबरले कुनै फ्यानहरुसँग तस्बिर खिच्न मन पाराउँदैनन्। उनले तस्बिर खिच्दा आँफु चिडियाघरमा परेको जस्तो महसुस हुने बताउँछन्। कुनै समय यीनै बीबरले आँफुसँग सेल्फी खिच्न चाहनेसँग २ हजार डलर लिने गर्थे।
विवादमा आइरहने यी गायकको भारतमा कन्सर्ट हुँदै छ। उनले आफ्नो कन्सर्टको समय भारतमा कस्तो व्यवहार देखाउने हुन् त्यो त हेर्न बाँकी छ। कन्सर्टको सयमा समर्थकहरु चिच्याउन थाले भने गाउन छोडेर हिँड्ने गरेका उनका उदाहरण पनि छन्। दर्शक चिच्याउन थाले भने उनीहरुसँग सम्वन्ध नजिकिन नसक्ने बीवरको भनाई छ। ‘म दर्शकको आँखामा हेरर गीत गाउन चाहन्छु। तर उनीहरु चिच्याउन थालेपछि यो भंग हुन्छ।’
ग्रेमी अवार्ड जितिसकेका छन् बीबरलाई ट्विटरमा ९ करोड ३४ लाखले पच्याउँछन्। उनललाई फोर्ब्सले तीन पटक संसारको सबैभन्दा शक्तिशाली सेलिब्रेटीको राखिसकेको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.