चामात्कारिक अौषधि हो आँपको पात, कुन रोग लाग्दा खाने ? (विधिसहित)

एजेन्सी । हाम्रो घर वरिपरि अायूर्वेदिक उपयोग हुने विभिन्न झारपातहरु भएपनि हामीलाई कुन रोग लाग्दा कसरी खाने भन्ने ज्ञान नहुँदा त्यसै खेर गइरहेको हुन्छ । त्यस्तै अाज हामी तपाईलाई त्यस्तै अायूर्वेदिक वस्तुको बारेमा जानकारी गराउँछौं जसले एउटा गम्भीर रोगलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ ।

आँपको पातले पनि मधुमेह जस्तो खतरा रोगीहरुलाई लाभदायी हुन्छ । मधुमेह अर्थात डाइबिजिज हेर्दा सजिलै थाहा नपाउन रोगमध्ये एक हो । शरीरमा चिनीको मात्रा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ । यो एक गम्भीर रोग हो किनकी यसले रोगीलाई बिस्तारै अाफ्नो नियन्त्रणमा लिन्छ । त्यसैले मधुमेहलाई साइलेन्ट किलरको रुपमा लिइन्छ । संसारभर मधुमेह रोगी दिनानुदिन बढ्दै गइरहेका छन् । यस प्रकारको बिरामीको रगतमा ग्लुकोजको मात्रा अावश्यकभन्दा बढी हुने तथा रक्तकोशिकाले ग्लुकोजलाई राम्रोसँग उपयोग गर्न दिंदैन । र, शरीरका विभिन्न अंगहरुमा शिथिलता ल्याउँछ ।

मधुमेहको मुख्य कारणहरु

शारीरिक व्यायामको कमी

मोटोपना

असन्तुलित भोजन

खराब जीवनशैली

मधुमेहका लक्षणहरु

धेरै भोक लाग्नु

पिसाब बढी लाग्नु

चोटपटक चाँडो निको नहुनु

छाला सुख्खा हुनु

अाज हामी मधुमेह रोगीहरुका लागि एक सजिलो चमत्कारी घरेलु उपचार विधि लिएर अाएका छौं । यो विधि निकै सजिलो छ । यसमा उपयोग हुने अौषधिमा भिटामिन, मिनरल तथा अन्य तत्वहरु पाइने हुँदा मधुमेह रोगका अलवा अन्य रोगको लागि पनि लाभदायी हुन्छ ।

यस्तो छ तरिकाहरु

पहिला १०-१५ वटा अाँपको कलिलो पातहरु टिप्नुहोस् र त्यसलाई भाँडामा हालेर केहीबेर उमाल्नुहोस् ।

उमालिएको आँपको पातलाई एक रात त्यसै छोड्दिनुहोस् ।

भोलिपल्ट बिहान उक्त झोल (पातबाहेक) पिउनुहोस् ।

यसलाई करीब २-३ महिना नियमित सेवन गरेमा नतिजा तपाईले थाहा पाउनुहुनेछ । मतलब यसको प्रयोगले तपाईको मधुमेहको मात्रामा निकै कमी अाइसक्नेछ ।

यसको नियमित प्रयोगले तपाईको मधुमेह मात्रामा निकै कमी अाउँछ ।

स्रोत: वन्ली अायूर्वेद

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

– www.sajhapost.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.