न जोडी, न दिदी भाइको सम्बन्धः यी दुईबिचको सम्बन्ध थाहा पाउँदा चकित पर्नुहुनेछ तपाईं

एजेन्सी बैशाख ३० – चीनियाँ सोसल मिडिया विबोमा लिउ एलिनका ७५ हजारभन्दा बढि फलोअर्स छन् । उनको फिगर र अनुहारबाट प्रभावित भएर उनका एक प्रशंसकले लिउको फोटोसहित एक आर्टिकल नै प्रकाशित गरिदिए जसका कारण उनी संसारको लाखौं मानिसहरुको नजरमा छाइन् । फोटोमा २२ वर्षका एक पुरुषसँग रहेकी लिउ न त उनकी दिदी हुन्, न नै प्रेमिका । वास्तवमा, लिउ उनकी आमा हुन् ।

फिगर देखेर उमेरको अन्दाज गर्न मुश्किलः

चीनको हिनान प्रान्तमा सन् १९६८ मा लिउको जन्म भएको थियो ।

जब उनी मानिसलाई उनी ४९ वर्ष भइन् भन्छिन् तब कसैले पनि उनलाई विश्वास गर्दैनन् । जब विश्वास गर्छन् तब उनीजस्तै जवान देखिनका लागि टिप्स माग्न थाल्छन् ।

व्यवसायिक रुपमा लाइब्रेरियन रहेकी उनी अब रिटायर्ड भइसकेकी छिन् । आफ्नो सुगठित शरिर र चम्किलो छालाको क्रेडिट दैनिक व्यायामलाई दिन्छिन् ।

लिउका अनुसार जब उनी आफ्ना छोरासँग बाहिर घुम्न जाँदा सबैले उनलाई उनकी प्रेमिका सम्झिन्छन् ।

लिउ भन्छिन्, ‘म अहिले पनि आफूलाई १५ वर्षीया किशोरी जस्तै महसुस गर्छु ।’

मेकअप गर्दिनन् लिउः

आफ्नो सुन्दर र स्वस्थ छालाका लागि लिउ कस्मेटिकको सहारा लिँदिनन् । उनी निकै कम मेकअप गर्ने बताउँछिन् ।

लिउ पछिल्लो ३० वर्षदेखि लगातार व्यायाम गरिरहेकी छिन् । उनलाई स्विमिङ गर्न निकै मनपर्छ । चिसो महिनामा पनि उनी पौडी खेल्न बन्द गर्दिनन् ।

यसका साथै लिउ लिफ्टिङमार्फत आफ्नो शरिरलाई सुगठित बनाउँछिन् ।

आइरहेछन् फिल्ममा अफरः

जबदेखि उनका प्रशंसकले उनको फोटो सोसल अकाउन्टमा सेयर गरेका छन् । उनलाई थुप्रै निर्माता निर्देशकले आफ्नो फिल्ममा अभिनय गराउन चाहेका छन् ।

लिउ ८० को उमेरसम्म यस्तै जवान देख्न चाहने बताउँछिन् ।

लिउले अरु महिलालाई पनि व्यायाम गरेर आफूलाई सुन्दर बनाउन अपिल गरेका छन् । उनका अनुसार फिट हुँदा भित्रैदेखि आत्मविश्वास आउने गर्दछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.