सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट

सिरहा,बैशाख २८ – सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट भएको छ । यातायात कार्यालयको दोस्रो तलामा बिहीबार बम विस्फोट भएको जनाइएको छ । विस्फोटमा परेर केही सेवाग्राही र कार्यालयका कर्मचारी घाइते भएका जनाइएको छ । विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

विस्फोटले माथिल्लो तलामा रहेको कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपानेको कार्यकक्षसंगै टासिएको शौचालयमा सो विस्फोट भएको हो । बम विस्फोटबाट भवनको पाँचवटा कोठाका भित्ता चर्किएका छन् भने झ्यालका शिशा फुटेको छ । घटना कसले गराएको हो भन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी लहानका प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेय बताए । विस्फोट पछि कर्मचारी तथा सेवाग्राही भवन बाहिर बसेका छन भने कार्यलयको काम प्रभावित बनेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.