एचआइभीको उपचारमा ठूलो सफलता, संक्रमितको जीवनकाल सामान्य बन्दै

वैशाख २८ – एचआइभी भाइरस विरुद्धको औषधि प्रयोग गरिरहेका युवाको जीवन प्रत्यासा अर्थात जीवनकाल सामान्य जस्तै बन्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । द ल्यानसेट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदन अनुसार उपचार विधिमा भएको सुधारका कारण एचआइभीको औषधि प्रयोग गरिरहेका युवाहरुको जीवन प्रत्यासा सामान्य मानिसको जस्तै बन्दै गएको देखिएको छ । सन् २०१० मा २० वर्षको रहँदा एचआइभी भाइरस विरुद्धको उपचार पद्धती एन्टिरेट्ट्रोभाइरल थेरापी सुरु गरेका एचआइभी संक्रमितको जीवनकाल सन् १९९६ देखि थेरापी प्रयोग गरेकाको भन्दा १० वर्ष बढी पाइएको छ । एचआइभी संक्रमण भएको थाहा पाउने बित्तिकै उपचार सुरु गरेमा स्वस्थ तथा लामो जीवन पाउन सकिने डाक्टरले बताएका छन् । विश्वमा अहिले पनि आफूलाई एचआइभी संक्रमण रहेको थाहा नपाएका धेरै व्यक्ति रहेका छन् । यस्ता व्यक्तिलाई उपचारको दायरामा ल्याउन सके उनीहरुको जीवनकाल सामान्य जस्तै बनाउन सकिने अनुसन्धानमा संलग्न वैज्ञानिक तथा सरोकारवाला निकायले बताएका छन् ।

एचआईभी उपचारका लागि प्रयोग भएका नयाँ औषधि जसको साइड इफेक्ट अर्थात दुष्प्रभाव कम हुँदै जानु जीवन प्रत्यासा बढ्नुको कारण रहेको अनुसन्धानमा संलग्न बेलायतको ब्रिस्टोल विश्वविद्यालयका वैज्ञानिकले बताएका छन् । नयाँ औषधिले शरीरको रोग प्रतिरोधात्कम क्षमता नोक्सान गर्नबाट एचआइभी भाइरसलाई धेरै हदसम्म रोकेको उनीहरुको भनाई छ ।

पछिल्ला औषधिले भाइसलाई सक्रिय बन्नबाट पनि रोकेको अनुसन्धानकर्ताले बताएका छन् । एचआइभीको उपचारमा भएको सफलता अर्थात एआरभी मानव स्वास्थ्यको क्षेत्रमा पछिल्लो ४० वर्षमा भएको सबैभन्दा ठूलो सफलता रहेको उनीहरुले बताएका छन् । source:ujyaaloonline.com

http://ift.tt/2r3XATZ
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.