अन्ततः भरतपुर महानगरको मेयर रेणु दाहाल नै हुने !

काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । पहिलो चरण अन्तर्गत ३४ जिल्लामा चुनाव भएको हो ।

अहिलेसम्मको चुनावी परिणामलाई हेर्दा नेकपा एमालेले लिड गरिरहेको छ भने नेपाली कांग्रेसले पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यी मध्ये अहिलेसम्म एमालेले ८९ स्थानमा विजयी हाँसिल गरिसकेको छ भने नेपाली काँग्रेसले ८६ स्थानमा विजयी हाँसिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले भने ४१ स्थानमा जित हाँसिल गरेको छ ।

पहिलो चरणको निर्वाचन अन्तगर्त चार महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानरको मतपरिणामलाई यसपटक आम जनताले विशेष चासोका साथ हेरिरहेका छन् । यी मध्ये पनि चितवनको भरतपुर महानगरलाई विशेष चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरलाई विशेष चासोका साथ हेर्नुको प्रमुख कारण माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाल काँग्रेस र माओवादी गठबन्धनकी उम्मेद्वार छिन् ।

भरतपुरको मत गणना सुरु भएदेखि नै एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले दाहाललाई निकै पछि पार्दै आइरहेका छन् । तालमेलअनुसार कांग्रेसीहरुले रेणुलाई भोट नहालेको आरोप लगाइरहेको बेला बिहीबार अर्थात (हिजो) बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा देउवाले प्रचण्डलाई भरतपुर महानगरमा रेणुले नै जित्छिन् भनेर आश्वस्त पारेको स्रोतले बताएको छ ।

भेटपछि रेणुले भरतपुर महानगरमा जित्ने दुवै पार्टीका शीर्ष नेताहरु यतिबेला पनि ढुक्कमा छन् । रेणुले पनि आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आइरहेकी छन् ।

देउवा र प्रचण्डको भेटमा रेणुले हार्ने कि जित्ने भन्नेबारे धेरैबेर छलफल चलेको थियो । तर, कांग्रेस सभापति देउवाले रेणुले जित्नेमा आफू ढुक्क रहेको भन्दै प्रचण्डलाई पनि ढुक्क रहन आग्रह गरेका छन् ।
भरतपुर महानगरमा २९ वटा वडा रहेको छ । हालसम्म भरतपुरमा ४ वटा वडाको मात्र मतगणना सकिएको छ । ५ नम्बर वडाको मत गणना जारी छ । बाँकी २५ वटा वडाको मत गणना हुन बाँकी नै छ ।

देउवा र प्रचण्डको भेटलाई यतिबेला आम जनताले यसरी बुझेका छन् कि जसरी पनि रेणुलाई उनीहरुले भरतपुर महानगरको मेयर बनाउने छन् । भारी मतले पछाडी पर्दा पनि देउवाले प्रचण्डलाई जित सुनिश्चित छ भन्ने आश्वासन दिनुले रेणु दाहाल भरतपुरको मेयर बन्ने पक्कापक्की जस्तै छ ।

भरतपुर महनगरको कुल मतदाता संख्या १ लाख ५१ हजार ६ सय ४१ छन् । जसमा १ लाख १३ हजार ७ सय ३० मत खसेको अनुमान गरिएको छ । महानगरको मेयर बन्नका लागि जुनसुकै पार्टीका उम्मेद्वारले कम्तिमा पनि ५० हजार मत प्राप्त गर्नुपर्नेछ ।

अहिले मतगणना भएका वडाहरुमा एमालेको पनि बलियो पकड भएका कारण आफूहरु तल परेपनि ४ नम्बर क्षेत्रको मतगणना सुरु भएपछि भारी मतको अन्तरले लिड गर्ने दुवै नेताहरुको विश्वास छ । अहिलेसम्म एउटा वडा एमालेको पोल्टामा गएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.