मतदातालाई बाड्न लगेको रकमसहित कांग्रेस मेयर उम्मेदवारका भाइ मध्यराति रंगेहात समातिए,स्थानीयवासीले पक्राउ गरि लगाए प्रहरीलाई जिम्मा

आंगापुटार (नुवाकोट) : दलित मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा कांग्रेस मेयरका उम्मेदवारका भाइलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीलाई मध्यराति बाड्नलाई लगिएको रकमसहित स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव समेत रहेका मेयर उम्मेदवारका भाइ अधिकारले विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोमा मध्यराति लाखौं रुपैयाँ बाडेको स्थानीयप्रहरीले अधिकारीको साथमा रहेको झोलावाट एकहजार रुपैयाँका नोटको एक पेटी रकम वरामद गरेको छ । स्थानीयवासीले मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीका साथमा हिडेका त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्र्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठ समेत नियन्त्रणमा लिएका छन् ।

कांग्रेस सचिव अधिकारीले आफ्नो साथवाट वरामद रकम र त्यसको वास्तविकता बताउनु चाहानु भएन । उहांले बिहीबार मध्यराति १२ वजेदेखि निर्वाचनमा मौन समय लागु हुदै गरेको वेला स्थानीयवासीले आफुलाई राती सांढे ११ वजे नियन्त्रणमा लिएको वताउनुभयो । अरु वेला सांझ सात वजे नै कार्यालयवाट घर फर्कने अधिकारीलाई विहीवार मध्यराती शंकास्पद अवस्थामा स्थानीयवासीले मतदातामाझ देखेपछि नियन्त्रणमा लिएका हुन् ।पहिले विकास निर्माणका लागि वास्ता नगर्नेहरु निर्वाचन आफ्नो पक्षमा पार्न मध्यराति मिजार वस्तीमा कांग्रेसका मेयर उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीले रकम वांढेको कारण स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लयाएकाे स्थानीयवासी राजेन्द्र भण्डारीले वताउनुभयो । उहांले कांग्रेसले सो स्थानमा पहिलेदेखि नै मातदाता किन्ने कार्य गरिरहेको वताउनुभयो । अन्नपूर्णबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.