भारतीय मिडियामा घिसिङको प्रसंग

२७ वैशाख, काठमाडौं।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध कान्तिपुर दैनिकले समाचार लेखेपछि उनले हिजो पत्रकार सम्मेलन गरि स्पष्टिकरण दिए र आफ्नो बदनाम प्रयास भएको बताए। अहिले सामाजिक सञ्जालमा घिसिङको पक्षमा जनमत खडा भएको छ। यस विषयलाई लिएर भारतीय मिडियामा खबर प्रकाशित भएका छन्।

अनिल गिरीले काठमाडौँबाट हिस्दुस्तानटाइम्सको लागि लेखेको समाचारमा दिल्लीबाट २० मिलियन लेड बल्ब किन्ने ‘काठमाडौं’को निर्णयले नेपालमा बबाल मच्चिएको लेखेका छन्।

हिन्दुस्तान टाइम्समा लेखिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजार मूल्यभन्दा बढीमा कम गुणस्तरका सामान खरिद गर्दै गरेको मिडिया रिपोर्टहरुले दाबी गरेका छन्।’

सरकारले मन्त्रिपरिषद्को बैठकबाट उर्जा मन्त्रीलाई भारतको इनर्जी इफिसिएन्सी सर्भिस लिमिटेडबाट २ बिलियन रुपैयाँको बल्ब खरिद गर्ने अनुमति दिएको खबरमा लेखिएको छ।

यो कदमले २०० मेगावाट सम्मको उर्जा बचत हुने अनुमान गरिएको पनि हिन्दुस्तानटाइम्सले लेखेको छ।

स्थानीय तहको निर्वाचनको केही दिन अघि गरिएको यस्तो निर्णयले चर्को आलोचना खेपेको बताउँदै मिडिया रिपोर्टहरुमा यो खरिद प्रक्रियामा अनियमितता भएको र नेपालीको लागि किन भारतमा भन्दा दोब्बर, ६५ भारुमा बल्ब किनिएको प्रश्न उब्जिएको समाचारमा लेखिएको छ।

साथै लेड बल्बको लागि पैसा खाएको भए आफुले देश छोड्ने घिसिङले बताएको पनि खबरमा छ।

उर्जा मन्त्री जनार्दन शर्माले आफ्नो मन्त्रालयमाथी लागेको अनियमितताको आरोप झूठो र आधारहिन भएको र नेपाल र भारतको सरकारबीच सम्झौता भएपछि खरिद प्रक्रिया अघि बढ्ने बताएको हिन्दुस्तानटाइम्सले लेखेको छ।

समाचार लेख्ने अनिल गिरी कान्तिपुरको अंग्रेजी प्रकाशन काठमाडौपोस्टका पत्रकार हुन।
source:nepaliheadlines.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.