भारतको बहराइचमा नेपाली सवार गाडी ट्रकसँग ठोक्कियो दुईजनाको मृत्यु

नेपालगन्ज । भारतको बहराईचस्थित रिसियामा भएको सवारी दुर्घटनामा दुईजना नेपालीको ज्यान गएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । दुर्घटनामा नेपालगन्जका चर्चित व्यापारी मुनब्बर अली हल्वाई र पूर्व प्रहरी नायव निरीक्षक रोशन साहको ज्यान गएको ईलाका प्रहरी कार्यालय जमूनाहका प्रहरी निरीक्षक सुधिर खड्काले जानकारी दिनुभयो ।

मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ सेन्टरका सञ्चालक समेत रहेका मृतक हल्वाईका छोरा ईमरान अली, त्यसैगरी नेपालगन्जकै संग्राम शाह र अंगुर खड्काको अवस्था चिन्ताजनक छ । उहाँहरुको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक हल्वाई मङ्सिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको थियो । नेपालगन्जबाट भारतको लखनउका लागि जादैं गरेको नेपाली सवार यूपी ४०१६ ८१४ नम्बरको महेन्द्र गाडी बहराइको रिसियामा युपी २१ एएन ७०६२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

The post भारतको बहराइचमा नेपाली सवार गाडी ट्रकसँग ठोक्कियो दुईजनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.