बरु चलचित्र नै छोड्छु तर मलाई “गाउँले मन पर्दैन” : नायिका साम्राज्ञी

अन्तरवार्तामा सबैजसो कलाकारहरुले आफूलाई ‘भर्ससटाइल’ भन्न रुचाउँछन् । चलचित्रका नायक हुन वा नायिका आफू जुनसुकै भूमिकामा पनि अभिनय गर्न सक्ने दावी गर्छन् । धेरै कलाकारहरुले आफूलाई शहरीया जीवनशैलीदेखि गाउँले पात्रको भूमिका दुवैमा उतिकै फिट बनाउन सक्ने दावी गर्छन् ।

जसका कारण उनले एउटा चलचित्रको अफर नै अस्वीकार गरेकी छन् । उनले गाउँले भूमिका अस्वीकार गरेपछि अर्को कलाकारले अभिनयको मौका पाएकी छन् । निर्माता तथा निर्देशक अशोक शर्मा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले लामो समयपछि निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम भने तय भएको छैन । तर, कलाकारको नाम भने फाइनल गरिएको छ ।

अशोकले निर्देशन तथा निर्माण गर्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछन् । यो चलचित्रका लागि शुरुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो । तर, साम्राज्ञीले गाउँले भूमिका भएको भन्दै गर्न नमानेपछि स्वस्तिमालाई अफर गरिएको थियो । स्वस्तिमाले भने यो चलचित्रमा काम गर्ने पक्का भएको छ ।

यो चलचित्रको छायाँकन माघको अन्तिमबाट शुरु हुने जनाइएको छ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी अशोकले गरेका छन् । चलचित्रको छायाँकन इलाम, विर्तामोडलगायतका स्थानमा गरिने जनाइएको छ ।

The post बरु चलचित्र नै छोड्छु तर मलाई “गाउँले मन पर्दैन” : नायिका साम्राज्ञी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.