खुशीको खबर: माथिल्लो तामाकोशीमा शेयर हाल्न पैसा ठीक पार्नुस्

काठमाडौं । माथिल्लो तामाकोशीको तीन अर्बभन्दा बढीको आइपिओ आउने भएको छ । साधारण शेयर बिक्रीको आवश्यक तयारी सुरु भएको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र आम नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो ।

माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी लिमिटेडले करिब रु ३ अर्ब १७ करोड ८५ लाख बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।

त्यसमा स्थानीय दोलखाका जनतालाई कुल पुँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागिएको छ । आयोजना का अनुसार स्थानीयले रु १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।

यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो अनुपातमा सर्वसाधारणले रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको साधारण शेयर प्राप्त गर्ने छन् ।

शेयरको रुपमा भने सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो । आगामी चैत्रको दोस्रो सातादेखि स्थानीय प्रभावित र सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजनाले यस अघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ ।

शेयरमा आवेदन दिनका लागि अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्न समेत कम्पनीले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

The post खुशीको खबर: माथिल्लो तामाकोशीमा शेयर हाल्न पैसा ठीक पार्नुस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.