पल शाहलाई ३० लाखको अफर !

अहिलेका ब्यस्त नायक हुन् पल शाह । आगामी चैत्र ३० गते देखि रिलिज हुन थालेको चलचित्र ‘शत्रुगते’मा पल शाह लिड रोलमा छन् । ‘नाई नभन्नु ल ४’ बाट डेब्यु् गरेका पलको ‘शत्रुगते’ चौँथो चलचित्र हो । ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलमेन’को सफलतापछि पल शाहको मार्केट भ्यालु ह्वातै बढेको छ । पललाई अनमोल केसी र प्रदीप खड्काको प्रतिस्पर्धीको रुपमा हेरिन्छ । त्यसैले कुनै न कुनै रुपमा पनि उनीहरुबीच राम्रो फिल्म खेल्ने र लामो समय टिकिरहने प्रतिष्पर्धा पक्कै छ । उनीहरु एकअर्काको प्रतिस्पर्धी हुन् भन्ने कुरा उनीहरुका पछिल्ला भनाई र गतिविधीहरुले पनि देखाउँछ । मिडियामा अनमोल, प्रदीप र पल कसैले पनि एकअर्कालाई प्रतिस्पर्धाको रुपमा स्विकार गर्दैनन् ।

अनमोल केसीले ‘कृ’ फिल्मबाट २० लाख पारिश्रमिक लिए । त्यसपछि प्रदीप पनि के कम उनले ‘लिलिबिलि’का लागि २२ लाख पारिश्रमिक लिए । प्रदीप २२ लाख पारिश्रमिक लिएर ‘लिलिबिलि’मा अनुबन्धित भएपछि प्रदीपको चर्चा भैरह्यो । सर्वाधिक महंगो अभिनेता प्रदीप बने । लगतै अनमोल केसीलाई ‘ए मेरो हजुर २’ का लागि झरना थापाले ५० लाखको प्रस्ताव गरेको कुरा सार्वजनिक भयो । तर झरना थापाले त्यसलाई अस्विकार गरिन् । ‘कृ’ को ट्रेलर लन्च कार्यक्रममा अनमोल आफैले आफुलाई ५० लाखको प्रस्ताव आएको कुरा सत्य भएको पनि बताए ।

अब सर्वाधिक पारिश्रमिक प्रस्तावको सुचिमा पल शाह पनि थपिएका छन् । ‘धमलाको हमला’ नामक टेलिभिज शोमा पलले आफुलाई एउटा फिल्म खेल्न ३० लाख पारिश्रमिकको अफर आएको खुलासा गरेका छन् । अन्तर्वार्तामा उनले भनेका छन्–”अहिले मलाई २० लाख दिन पनि आउनुभएको छ । २५ पनि दिन्छु राईट्स पनि दिन्छु भनेर आउनुभएको छ ।” उनले अगाडि थपे–”तपाईँले जति लिनुहुन्छ त्यति दिन्छु भनेर आउने पनि हुनुहुन्छ । ३० लाख पनि दिन तयार हुनुहुन्छ ।”

उनलाई कस्ले ३० लाख दिने प्रस्ताव गर्यो त्यो भने खुलाएनन् । प्रदीप खड्काले ‘लिलिबिलि’का लागि २२ लाख लिएका थिए । त्यसैले पनि पल शाहलाई ३० लाख पारिश्रमिक प्रस्ताव आउनु नौलो कुरा होईन् । उनको पछिल्लो फिल्मले गरेको ब्यापार हेर्ने हो भने पनि पल शाह ३० लाखको हकदार छन् ।
gazzabkoonline

The post पल शाहलाई ३० लाखको अफर ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.