बिहानै आयो दुख्द खबर: ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गोरखा – गोरखा नगरपालिका ११ अन्तर्गत बाह्रकिलो छेवेटार सडक खण्डको धुलधुले खोलामा मंगलवार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

छेवेटारबाट बाह्रकिलो तर्फ आउँदै गरेको ग १ त ३२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसकेको हो । दुर्घटनामा भिमसेन गाउँपालिका सिक्रेका रञ्जन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ताप्ले १ का शिव नेपाली, भिमसेन गाउँपालिकाका कृष्ण नेपाली घाइते भएका छन् । उनीहरू ट्याक्टरमा सवार थिए। चालकको नाम ठेगाना खुलेको छैन भने उनी दुर्घटनापछि फरार छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको डिएसपी भेषराज रिजालले बताए। नागरिक

The post बिहानै आयो दुख्द खबर: ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.