एक बोरा कन्डम लियर बस्ने यौनकर्मी पक्राउ

त्रियुगा नगरपालिका–११ पिपलचोकनजिकैको हिमाली टोलमा डेरा लिई खुलेआम यौनधन्दा चलाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङका दिलनारायण श्रेष्ठको घरमा डेरा लिई बस्दै आएकी सानु श्रेष्ठलाई खुलेआम यौनधन्दा चलाइरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठसँगै अन्य दुई यौनकर्मी महिला पनि रंगेहात पक्राउ परेका छन् ।

गाईघाट बजारमा दिनदहाडै अवैध यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि प्रहरीले केही दिनयता होटलहरूको चेकजाँचमा कडाइ गर्न थालेको थियो । होटलमा मात्र प्रहरीको आँखा पुग्ने अनुमान गरी डेरा लिएर सानु श्रेष्ठले यौनधन्दा सञ्चालनमा ल्याएकी थिइन् । उनले महिलाहरूलाई फोनमै सेटिङ मिलाएर अवैध यौनधन्दा गराउने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

सादा पोसाकमा परिचालित प्रहरीद्वारा पक्राउ गरिएका ती महिलाहरूमाथि कानुनी कारबाही अघि बढाइएको छ । आप्mनो क्षेत्रमा हुने गरेका अवैध यौनधन्दालाई रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले थालेका विशेष अभियानअन्तर्गत छापा मार्ने क्रममा ४० वर्षीया सानु श्रेष्ठले बयान दिने क्रममा ग्राहक आएपछि फोन गरेर यौनका लागि महिलालाई बोलाउने गरेको स्वीकार गरिन् ।

प्रहरी नियन्त्रणमा रहेका अरू महिलाहरूले पनि यौनधन्दा सञ्चालिका श्रेष्ठले ग्राहक आएपछि मोबाइलमा सम्पर्क गरी बोलाउने गरेको बताए । प्रहरीका अनुसार श्रेष्ठको कोठाबाट एक बोरा र प्रयोगपछि गडिएको अवस्थामा एक बोरा कन्डम बरामद भएको छ । खुलेआम यौनधन्दा गराएको पाइएकाले उनलाई कानुनअनुसार कारबाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेकी यौनकर्मी महिलाले दैनिकजसो करिब एक दर्जन किशोरकिशोरीलाई मोबाइलमा सम्र्पक गरी यौनधन्दा चलाउने गरेको बयान दिएकी छन् । स्थानीयवासीका अनुसार श्रेष्ठको कोठामा दिनदिनै खुलेआम यौनधन्दा हुने गरेको छ

The post एक बोरा कन्डम लियर बस्ने यौनकर्मी पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.