आमिरले दिए अमिताभ, शाहरुख र सलमानलाई चुनौती

माघ २० –आमिर खान गज्जबको अभिनयले मात्र होइन चलचित्रमार्फत सामाजिक सन्देश र अभिप्रेरणा दिने अभिनेताका रुपमा परिचित छन् ।

रोज्जा चलचित्रमा मात्र अभिनय गर्ने आमिर खानको अभिनय र कथाले समाजका कुरीतिविरुद्ध सिस्नोपानी खन्याउने काम गर्ने गरेको छ । कहिले क्रिकेट त कहिले शिक्षा अनि कहिले छोरीको प्रोत्साहन त कहिले बाल मनोविज्ञान उनका चलचित्रमा बुनिने कथाका विषय बन्छन् । जुन हेरेपछि दर्शक उनीहसंँगै कहिले रुन्छन् कहिले हाँस्छन् त कहिले कुसंस्कार हटाउने कसम पनि खान्छन् ।

यही परिचयका कारण बलिउडमा आमिर खान र उनका चलचित्र वा टेलिभिजन कार्यक्रम भन्नासाथ दर्शकको अपेक्षा पनि त्यही स्तरको हुने गर्छ ।

पछिल्लो पटक आमिर खानले बलिउडका बादशाहहरु अमिताभ बच्चन साहरुख खान र सलमान खानलाई चुनौती पनि दिएका छन् ।

आमिरले बलिउडका हस्तीहरुलाई कुनै चलचित्र वा अभिनयको चुनौती भने दिएका होइनन् । उनले महिनावारीका बारेमा सामाजिक सन्देश प्रवाह गर्न अमिताभ, शाहरुख र सलमानलाई चुनौती दिएका हुन् ।

ट्विटरमा उनले एउटा फोटो शेयर गरेका छन् । फोटोमा आमिरले हातमा महिनावारी भएका बेला महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड बोकेका छन् । उनले ‘प्याडम्यान’ चलचित्रकी निर्माता ट्वीकंल खन्नालाई मेन्सन गर्दै लेखेका छन् ‘धन्यवाद ट्वीकंल ! हो मैले मेरो हातमा प्याड समातेको छु । यो कुनै लाज लाग्ने  कुरा होइन । महिनावारी स्वभाविक हो । यसलाई कपि पेस्ट गर्नुहोस र आफ्ना साथीहरुलाई प्याड समातेर फोटो खिच्न चुनौती दिनुहोस । म यो चुनौती अमिताभ, शाहरुख र सलमानलाई दिइरहेको छु ।’

सामाजिक संजालमा #PadManChallenge अन्तरगत प्याड हाथमा लिएको फोटो राख्ने चुनौती दिने ट्रेण्ड नै चलिरहेको छ । यसैलाई फलो गर्दै अभिनेत्री तथा निमात्री ट्वीकंलले आमिरलाई चूनौती दिएपछि अमिरले पनि फोटो सेयर गर्दै बलिउडका अमिताभ, शाहरुख र सलमानलाई यस्तो चूनौती दिएका हुन् ।

चलचित्र ‘प्याडम्यान’कै विषयमा नायक अक्षय कुमार तथा फिल्मकी निमात्री ट्वीकल खन्ना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट पनि गर्दैछन् । यसका लागि प्रधानमन्त्रीले पनि ३ घण्टाको समय निकालिसकेका छन् । जहांं मोदीका लागि फिल्म ‘प्याडम्यान’को स्पेसल स्क्रीनिङको व्यवस्था गरिनेछ ।

आर बाल्कीको निर्देशन रहेको फिल्म ‘प्याडम्यान’ मा अक्षयले प्याडम्यानको भूमिका निर्वाह गरेका छन् । जसमा उनी महिलाले महिनावारीका बेला भोग्नुपरेको समस्या समाधान गरिरहेकोे देखिनेछन् । फिल्ममा अक्षयसँगै राधिका आप्टे र सोनम कपूरको पनि मुख्य भूमिका रहेको छ । ‘प्याडम्यान’ फेब्रुअरी ९ देखि प्रदर्शनमा आउँदैछ ।

The post आमिरले दिए अमिताभ, शाहरुख र सलमानलाई चुनौती appeared first on Taja nepali news.

http://ift.tt/2s3d7ro
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.