बेलायती सेनाको उच्च पदमा पुगे एक नेपाली

बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् ।

बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् ।

बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि उच्च पदमा कमै पुग्ने गरेका छन् । खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन् । यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । यद्यपि, उनीहरु सबै अहिले सेवा निवृत्त भइसकेका छन् ।

को हुन् खाम्चा ?

स्याङ्जा शीरकोट, करादीमा जन्मिएका खाम्चा आजभन्दा ३० वर्षअघि बेलायती सेनामा भर्ना भएका हुन् । गाउँबाट प्राथमिक तहको र बुटवलबाट एसएलसीसम्मको पढाइ पूरा गरेपछि सैनिक पृष्ठभूमिका उनका बाबुले उनलाई कानून विषय पढाउन चाहेका थिए । तर इन्जिनियरिङ विषय पढ्न पुल्चोक क्याम्पसका भर्ना भएका खिम्ची साथीको लहैलहैमा लागेर बेलायती सेनामा भर्ना हुन पुगे ।

बेलायती सेनाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका खाम्चा हाल युकेको अल्डरसटस्थित आर्मी हेर्डक्र्वाटर रिजनल कमाउडमा बसोबासरत छन् ।

The post बेलायती सेनाको उच्च पदमा पुगे एक नेपाली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.