आमाको निधनपछि तिम्ल्याहा शिशुको बिजोग

माघ १८ –जन्मिएको छ दिनमा आमाको ज्यान गएपछि उदयपुरका तिम्ल्याहा शिशुलाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको बेलुकी नोबेल मेडिकल कलेज विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई हुर्काउन कठिन भएको बाबु प्रदिप तामाङले बताउनुभयो । उनीहरुलाई जण्डिसको संक्रमण भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ डुंगाका प्रदिप र अन्जु तामाङको तिम्ल्याहा छोरी जन्मिएका थिए । २५ वर्षीया अन्जुले उनीहरुलाई सामान्य प्रसुतिबाटै जन्म दिनुभएको थियो । शरीरमा रगतको कमि भएकोले रगत चढाउने क्रममा अन्जुको स्वास्थ्य अचानक बिग्रिएको र उपचारकै क्रममा माघ ६ गते ज्यान गएको थियो ।
आमाको निधन भएपछि बाबु र परिवारका सदस्यहरुको स्याहारमा हुर्किरहेका उनीहरुको तौल सामान्य रहेको र स्वास्थ्य अवस्था पनि खतरा बाहिरै रहेको थियो । तिम्ल्याहा छोरीलाई अहिले सुनसरी झुम्कामा रहेको घरमा राखेर स्याहार र उपचार गरिरहेको बाबु प्रदिपले बताउनुभयो ।
‘कहिले चिसो लाग्छ, कहिले पखाला लाग्छ, अहिले जण्डिसले सताएको छ’ उहाँले भन्नुभयो, ‘तीनवटी छोरीलाई आमाको सहारा बिना हुर्काउन सारै गाह्रो भइरहेको छ ।’ सुमन तिमल्सिना/उज्यालो

The post आमाको निधनपछि तिम्ल्याहा शिशुको बिजोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.