सलमान खानले अभिनय गरेको सबैभन्दा महंगो फिल्म आउँदै

एजेन्सी, ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता ब्लकबस्टर फिल्म दिएपछि सलमान खान र अली अब्बास जफर एकपटक फेरीसँगै काम गर्ने भएका छन् ।

तेस्रो फिल्मको नाम हो ‘भारत’ । अहिले यो फिल्मको काम सुरू भएको बताइएको छ । ‘भारत’ कोरियन फिल्म ‘ओड टू माइ फादर’ को अफिसियल रिमेक हो । फिल्म मेकर्सले फिल्मको काहानी दर्शकले मन पराउने बताएका छन् । सलमानले अभिनय गरेका अन्य फिल्म भन्दा निकै महँगो लागतमा निर्माण गरिने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झन्डै २ सय करोड बजेट यस फिल्ममा लाग्ने र सलमानलाई पाँच फरक फरक लुक्समा देख्न पाइने छ। १७ वर्षीय किशोरदेखि ७० वर्षीय वृद्धसम्मको भुमिकामा सलमानलाई देख्न पाइने भएको छ ।यस अघि रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ ४५० करोड बजेटमा निर्माण भएको छ । फिल्म ‘२.०’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । यता आमिर खान र अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को बजेट पनि २१० करोड लाग्ने बताईएको छ ।

अली जफरले ट्वीट मार्फत ‘भारत’ को काम भइरहेको बताएका छन् । उनले चाँडै लोकेशन खोजि गरिने बताएका छन् । फिल्मलाई लिएर आफु निकै रोमान्चित भएको उनको भनाइ छ । फिल्मको संगीतको काम यही हप्ताबाट सुरू हुने र संगीत विशाल–शेखर र बोल इरशाल कामिलको हुनेछ ।

फिल्म अप्रिलबाट फ्लोरमा जाने र २०१९ मा ईदको अवसरमा रिलिज गरिने भएको छ । सँधै झैं आगामी बर्षको ईद पनि सलमानकै भागमा परेको छ ।

The post सलमान खानले अभिनय गरेको सबैभन्दा महंगो फिल्म आउँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.