बलिउड अभिनेत्री दीपिका पादुकोण एक महिनापछि नेपाल आउने भएकी छन् । पादुकोण ५ मार्चमा काठमाडौं आउँन लागेको खबर प्राप्त भएको छ । उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपालमा छायांकन हुने फिल्म सुटिङका लागि आउन लागेकी हुन । फिल्म सुटिङका लागि नेपाल आउँने समय तय भइसकेको छ ।
विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् । फिल्म निर्माता, निर्देशक, संगीतकार, पटकथा लेखकजस्ता धेरै परिचय बनाएका भारद्वाजले ट्विटमार्फत् खुलासा गरेका छन्, ‘यो नयाँ विषयमा काम गर्ने कुराले उत्साहित छु ।’ उनले निर्देशन गर्ने नयाँ फिल्म नेपालबाटै सुरु हुनेछ । तर, अहिलेसम्म फिल्मको नाम भने तय भइसकेको छैन । उसो त दिपिकाले रियलमा नभई रिलमा सुटिङको विषय अनुसार नेपालमा बिहे गर्नेछिन र नेपालको बुहारी बन्नेछिन ।
The post नेपालि बुहारी बन्ने रे ! चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.