प्रेमीसँगै सुतेको ठाउँमा बलात्कार ! ‘बलात्कार’ हो कि राजीखुशी ? प्रहरीनै दोधारमा

युवतीले आफू सुतेको कोठामा राति दुईजना प्रवेश गरेपछि बलात्कार गरेको वयान दिएकी छन् । प्रतिकार गर्दै आफू बाथरुममा गएको तर, आफूले छिस्किनी लगाउनुअघि नै एकजनाले जोडले ढोका तानेको उनको वयान छ ।

‘त्यसपछि उनीहरुले मलाई तानेर बेडमा ल्याए’, युवतीले शुक्रबार प्रहरीसँगको बयानमा भनेकी छिन्, ‘अनि, कपडा खोलिदिए ।’

युवतीको वयान अनुसार राति एक जना युवकले हात समाते भने अरुले बलात्कार गरे । ‘दिउँसो वाइन खाएपछि एकदमै कमजोर भएको फिल भइरहेको थियो, मलाई त खासै धेरै केही याद पनि छैन’, हाल प्रहरी नियन्त्रणमा रहेकी उनले वयानमा भनेकी छिन्, ‘हातसमेत समातेपछि केही गर्नै सकिनँ ।’

र, यहाँनेर एउटा प्रश्न अहिलेसम्म अनुत्तरित छ, आफ्नी प्रेमिकामाथि बलात्कार हुँदै गर्दा सँगै रहेका भनिएका बलात्कारीका साथी शैलेशचाहिँ कहाँ थिए ?, उनी के भूमिकामा थिए र?

होटल स्टाफहरुका अनुसार मध्यरातमा युवती बलात्कार भएको घटनाबारे उनीहरुलाई कुनै जानकारी थिएन । युवतीले प्रतिकार गरेको वा सहयोग मागेको पनि उनीहरुलाई थाहा छैन । होटलका एक कर्मचारीका अनुसार बिहान करिब ८ बजे अन्य युवकहरुसँगै युवती पनि सामान्य रुपमै निस्किएकी थिइन् ।

एक कर्मचारी भन्छन्, ‘होटलबाट निस्किएपछि एकजना युवकले उनलाई घर ९झम्सीखेल० सम्म पुर्‍याइदिन भन्दै एउटा ट्याक्सीलाई भन्यो र ५ सय रुपैयाँ भाडाका लागि भन्दै दियो ।’

तर, झम्सीखेल हिँडेकी युवती सीधै महानगरीय प्रहरी वृत, कमलपोखरीमा पुगिन् र आफूमाथि सामूहिक बलात्कार भएको बताइन् ।

तर, घटना भएको भनिएको होटलरहेको क्षेत्र दरबारमार्ग वृत्तले हेर्ने भन्दै कमलपोखरी प्रहरीले उनलाई दरबारमार्गमा पठायो । उनी लगत्तै दरबारमार्ग बृत्तमा आइन् र आफू बलात्कृत भएको उजुरी गरिन् ।

कण्डम र ब्ल्याकलेभल बरामद

लगत्तै दरबारमार्ग बृतका सई चन्द्र भण्डारी नेतृत्वको टोली पीडित युवतीलाई लिएर होटल ल्याण्डमार्क पुग्यो । र, घटनास्थलको मुचुल्का उठायो ।

त्यसक्रममा सामूहिक बलात्कार भएको भनिएको कोठा नं। ४०५ बाट दुईवटा प्रयोग भएको कन्डमसमेत बरामद भयो । दीपक श्रेष्ठका नाममा बुक गरिएको कोठाबाट प्रहरीले ‘ब्ल्याक लेभल’ को बोतल बरामत गर्‍यो, जुन आधा रित्तिएको थियो ।

प्रहरी टोलीले घटनास्थलमा मचुल्का उठाउने क्रममा त्यहाँ युवतीको वयान पनि लिएको थियो ।

होटलबाट निस्कने क्रममा प्रहरी टोलीले महेन्द्र शालिक चोक छेउमा एक युवकलाई भेट्टायो, जसलाई अघिल्लो दिन शैलेशले ‘भाइ’ भनेर लाजिम्पाटको रेष्टुरेन्टमा युवतीसँग चिनजान गराएका थिए । प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो ।

प्रहरीको टोली दरबारमार्ग वृत्तमा र्फकंदासम्म त्यहाँ युवतीका ‘प्रेमी’ भनिएका शैलेश कार्की र युवतीका अभिभावकहरु आइपुगेका थिए ।

‘बलात्कार’ को छानविन छाडेर बिहेको कुरा!

‘सामुहिक बलात्कार’ को छानविन गर्नुपर्ने दरबारमार्ग प्रहरी यहीँनेर चुकेको देखिन्छ । किनभने, सामुहिक बलात्कारको उजुरी दिएकी युवतीलाई साथैमा राखेर दुबै परिवारबीच शैलेश र युवतीको विवाह गरिदिने अनि निश्चित रकम दिने सहमति भयो । यस्तो मिलापत्र गराउने कार्यमा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेले ।

एक प्रहरी अधिकारीले भने, ‘जबरजस्तीकरणीको केसलाई मिलापत्र गराउन सुरुमा त डीएसपी तिलक भारतीले मानेका थिएनन्, तर, ‘पछि अप्ठ्यारो त हुँदैन नि’ भन्दै मिलापत्र गराउन उनी पनि तयार भएको देखिन्छ ।

प्रहरी कार्यालयमै आर्थिक लेनदेन र बिहेको कुरो छिनेपछि दुबै परिवार हिडेँ । रकम लिएको आरोपमा हाल छानविनमा तानिएका प्रहरी अधिकारीहरु पनि चुप लागेर बसे । दुई दिनसम्म घटना सेलायो ।

घटनालाई ‘थामथुम’ बनाउन मोटो रकमको चलखेल भएको आशंकामा प्रहरीमाथि पनि अहिले अनुसन्धान भइरहेको छ । इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । सई चन्द्र भण्डारी पनि निलम्वनमा परेका छन् भने डीएसपी तिलक भारतीमाथि पनि अनुसन्धान भइरहेको छ ।

‘बलात्कार’ हो कि राजीखुशी ?

आफूमाथि सामुहिक बलात्कार भएको उजुरी गर्ने युवती अन्ततः प्रहरीकार्यालयभित्रै बिहेको कुरा छिनेर हिँडेपछि सामसुम भएको कथाले मंगलबार अर्कैर् मोड लियो, जतिबेला पत्रपत्रिका र अनलाइनहरुमा सामुहिक बलात्कारको घटनामा मिलापत्र गराइएको समाचार प्रकाशित भयो ।

मिलापत्र भएको घटना खुलासा हुनासाथ काठमाडौं प्रहरी परिसरले एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन टोली बनाएर अनुसन्धान थाल्यो । दरबारमार्ग बृत्तका प्रहरी नै विभागीय अनुसन्धानमा तानिए । प्रहरीले युवतीलाई पक्राउ गर्‍यो र वयान लिन सुरु गर्‍यो ।

सुरुमा पीडित युवती प्रहरीको सम्पर्कमै आउन चाहिनन् । उनी बुधबार प्रहरीसमक्ष त पुगिन् । तर, उनले एकाएक वयान फेरेकी छिन् र बलात्कार नभई राजीखुशीमै सबै कुरा भएको बताएकी छन् । युवतीको यस्तो वयानले प्रहरीको अनुसन्धानलाई थप जटिल बनाइदिएको छ ।

युवतीले एकाएक वयान फेरेको र आकस्मिकरुपमा उनको बैंक एकाउन्टमा मोटो रकम आएको देखिएपछि प्रहरीले युवतीलाई पनि हिरासतमै राखेर अनुसन्धान अघि बढाइरहेको छ ।

स्रोतका अनुसार अनुसन्धानका क्रममा प्रहरीले झम्सीखेलस्थित युवतीको डेराबाट उनकी आमालाई नियन्त्रणमा लिएको थियो । र, उनकै माध्यमबाट पीडितलाई बोलाइएको थियो । आमालाई पक्राउ गरेपछिमात्रै छोरी प्रहरीको सम्पर्कमा आएकी हुन् । news24nepal

The post प्रेमीसँगै सुतेको ठाउँमा बलात्कार ! ‘बलात्कार’ हो कि राजीखुशी ? प्रहरीनै दोधारमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.