यसरी पूरा भयो ‘धुर्मुस-सुन्तली’ को दलित बस्तीमा पक्की घर बनाउने सपना

रौतहट । चार दिन बाँकी छ माघ २३ आउन । सन्तपुरका दलित बस्तीका बासिन्दा सपनामै नचिताएको पक्की घर बिपनामै पाउँदैछन् त्यही दिन । दलित बस्तीका ४७ बाढीपीडित परिवारले सुबिधासम्पन्न पक्की घरमा बस्न पाउने निश्चित भएको छ ।

सधैँ ज्यालादारी परिश्रमबाट बिहान बेलुका छाक टार्ने दलित बस्तीका बासिन्दा सुविधासम्पन्न घर बनाइदिने जिम्मा कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले लिएपछि उनीहरुको सपना विपनामा परिणत हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को सन्तपुरमा धुर्मुस सुन्तली फाउनडेसनको चौथो परियोजनाअन्तर्गत बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको काम अन्तिम चरणमा पुगेको छ । असोज ४ गतेबाट शुरु भएको परियोजना माघ २३ गते हस्तान्तरण हुने लक्ष्यका साथ अन्तिम चरणमा छ । दलित बस्ती निर्माणमा धुर्मुस र पत्नी सुन्तली अहोरात्र खटिएकी छन् ।

नमूना बस्तीको ९८ प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेलले बताए । ५ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिए पनि अझै लाखौँ रुपैयाँ अपुग छ ।

दुवै हास्य कलाकारले साउदी अरब र अष्ट्रेलियामा कार्यक्रम गरेर संकलन भएको रकम बस्ती निर्माणमा खर्च गरेका छन् भने स्थानीय तवरमा व्यक्तिगतरुपमा सहयोग गर्नेको साथ पनि उनीहरुले पाएका छन् । बस्तीमै पुगेर सहयोगीले सहयोग गरिरहेकाले बाँकी काम निर्धारित मितिसम्ममा सम्पन्न हुनेमा विश्वस्त छन् कट्टेल । घरका छानामा जस्तापाता हाल्ने काम सकिएकोे छ । भ्यु टावर बनिरहेको छ । बाटो, बिजुली, खानेपानीलगायतका काम सकिएका छन् । नमूना दलित बस्तीमा एउटा बालउद्यान, एउटा भ्यु टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचना छन् । असोज ४ गते शिलान्यास गरी काम शुरु गरिए पनि असोज २८ गतेबाट काम सुरु गरेको फाउन्डेसनले माघ २३ गते बाढीपीडित दलित परिवारले एउटा सुबिधा सम्पन्न घर पाउने निश्चित भएको छ ।

एकीकृत बस्तीमा एउटा घरको लागत १० लाख रुपैयाँ भन्दा बढी छ । बस्तीमा दुईतले घर निर्माण भएको छ । घर ३ धुर जग्गामा निर्माण भएको छ । भूकम्पप्रतिरोधी, बालमैत्री, अपांग मैत्री र वातावरणमैत्री घर बनेका छन् । परियोजना १२ कठा क्षेत्रफलमा फैलिएको छ भने दैनिक २ सय ५० जना भन्दा बढी कामदार काम गरेका छन् ।

‘गरिबलाई सहयोग गर्न र घर बनाइदिन आएका धुर्मुस सुन्तली भगवान नै हुन्,’ बस्तीका शैलेन्द्र माझी मुसहरले भने, ‘बस्तीमा भगवानको उत्पत्ति भयो ।’ जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवारलाई घर बनाइदिएर कलाकार धुर्मुस र सुन्तलीले उदाहारणीय काम गरेका छन् र यो उदाहरणीय कामको चौथो संस्करण पो हो ।

The post यसरी पूरा भयो ‘धुर्मुस-सुन्तली’ को दलित बस्तीमा पक्की घर बनाउने सपना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.