फेसबुक बाट चौध युवतीको डेढ करोड यसरि ठगियो …..

काठमाडौं । आफुलाई अमेरिकन आर्मी भएको बताउने एकजना नक्कली आर्मी प्रहरीको हिरासतमा परेका छन् । सिन्धुपाल्चोकको हेलम्बु निवासी शुलभ पण्डित क्षेत्रीले बिहे गरेर अमेरिका लैजाने भन्दै फेसबुक मार्फत १४ जना केटीलाई ठगेको प्रहरीले बताएको छ ।

उनले अमेरिका लैजाने भन्दै १४ जना युवतीबाट १ करोड ५० लाख रुपैया ठगेको प्रहरी अनुसन्धानमा खुल्न आएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए ।

एसपी श्रेष्ठले भने, ‘क्षेत्रीले फेसबुकमा मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित जस्ता नाम राखेर ठगी गर्दै आएका थिए ।’ पण्डितलाई प्रहरीले गोकर्णबाट पक्राउ गरेको हो । उनले १४ जनाबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए । उनी विरुद्ध विगतमा पनि ४ करोड ९५ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भइसकेको अनुसन्धानमा खुलेको छ।खबर नेपाल समाचारपत्र ले लेखेको छ ।

उनले धेरैजसो महिलाहरुलाई ठगी गरेका छन्। केही महिलासँग त कोर्ट म्यारिज समेत गरेका थिए । पछि पैसा लिएर फरार भएपछि पीडितहरु सिआइबीमा गएका हुन्। News24 Nepal

The post फेसबुक बाट चौध युवतीको डेढ करोड यसरि ठगियो ….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.