क्यान्सरले एक महिनापछि संसारबाट बिदा हुँदै गरेका बालकको अन्तिम चाहना

कात्तिक १९ – ज्याकोब थोम्पसन नौ वर्षका भए । उनी ‘माइनक्राफ्ट’ र ‘लेगोस’ गेम निकै मन पराउँछन् । उनी ‘स्टार वार’ श्रृङ्खलाका पनि ठूलो फ्यान हुन् ।

उनकी कान्छी आमा तारा आर्तिन्यानका अनुसार ज्याकोब फोटोग्राफर, गायक र कमेडियन पनि हुन् । उनी पेन्गुइन त झन मन पराउँछन् ।

तर यति सुन्दर र यति धेरै विषयमा रुची राख्ने ज्याकोब क्यान्सर पीडित हुन् । उनी ‘न्यूरोब्लास्टोमा’ को चाैथो चरणमा छन् । डाक्टरका अनुसार उनी अब एक महिना मात्रै बाँच्नेछन् ।

त्यसैले ज्याकोबको परिवारले यो वर्ष चाँडै नै क्रिसमस मनाउने तयारी गरेको छ । आमा मिसेल सिमार्डका अनुसार ज्याकोब सबैबाट क्रिसमस कार्ड पठाइयोस् भन्ने चाहन्छन् ।

‘उनलाई हलोवीनका क्रममा पनि केहीले कार्ड पठाएका थिए । उनले ती कार्ड खोलेर हेरे । उनले हामीलाई पढेर पनि सुनाए । उनी ती उपहार देखेर मज्जाले मुस्कुराए,’ ज्याकोबका बुवा रोजर गुवेले सिएनएनसँगको टेलिफोन अन्तर्वार्तामा भने । रोजरका अनुसार ज्याकोब कार्डमा उनका लागि के–कस्ता सन्देश छन् भनेर जान्न निकै उत्सुक देखिन्थे ।

ज्याकोब पाँच वर्षको हुँदा नै ‘न्यूरोब्लास्टोमा’ को लक्षण देखिएको थियो । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यस्तो रोग लागेपछि पाँच वर्ष बाँच्ने बालबालिका संख्या ५० प्रतिशत मात्रै हुन्छ ।

‘मानिसहरु उसलाई परिपक्व मान्छेका रुपमा हेर्छन । म यस कुरामा विश्वास पनि गर्छु किनकी उसले जीवन र मानिसका बारेमा हामीलाई धेरै कुरा सिकाएको छ’, ज्याकोबका बुवाले भने । ज्याकोब ९ वर्षमा आफूले गर्न पर्ने सबै काम गरेको बताउँदै बुवा रोजरले धेरै मानिसले ज्याकोबले जति उपलब्धि जीवनमै हासिल गर्न नसकने बताएका छन् ।

ज्याकोबकी कान्छी आमा आर्तिन्यानले ज्याकोबको अन्तिम क्रिसमस भएकाले चाँडै नै मनाउनै लागिएको बताइन् । ज्याकोबका लागि क्रिसमस भनेको ‘धेरै हिँउ, क्रिसमस रुख, एउटा जीवन्त सान्टा क्लाउज’ हो । ज्याकोबका लागि विशेष किसिमले क्रिसमस मनाउन लागिएको पूर्वसन्ध्यामा उनले विश्वभरबाट क्रिसमस कार्ड पठाउन आग्रह गरेका छन् । उनले आग्रह गरेको पाँच दिनमै अमेरिकाबाट विश्वका अन्य देशबाट गरेर उनलाई एक सय वटा कार्ड प्राप्त भैसकेको छ ।

उनलाई नेदरल्याण्ड्स, अष्ट्रेलिया, डेनमार्क तथा अन्टार्कटिकाबाटसमेत कार्ड प्राप्त भएको उनकी आमाले बताइन् । अन्टार्कटिका ज्याकोबको मन पर्ने पेन्गुइन पाइने ठाउँ हो ।

निम्न ठेगानामा ज्याकोबलाई क्रिसमस कार्ड पठाउन सकिन्छ :
Jacob Thompson
c/o Maine Medical Center
22 Bramhall Street
Portland, ME 04102
USA
source:ujyaaloonline

The post क्यान्सरले एक महिनापछि संसारबाट बिदा हुँदै गरेका बालकको अन्तिम चाहना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.