प्रचण्ड भन्छन्,‘कास्कीमा खान नपुगेपछि चितवन झरेको गरीवको छोरा हुँ

चितवन– पुत्रवियोगको पीडा खपेरै चुनावी मैदानमा सक्रिय भएका प्रचण्ड आइतबार चितवन–३ स्थित बाँदरझुला पुगेका छन् ।

विभिन्न जिल्लाबाट बाँदरझुलामा आएका बसेकाहरुको ‘सुकुम्बासी बस्ती’मा पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफूपनि झण्डै ‘सुकुम्बासी भएर पहाड (कास्की)मा खान नपुगेपछि चितवन बसाईं आएको गरीबको छोरो’ भएको बताए ।

‘पहाडमा खान नपुगेपछि मेरो परिवार बालबच्चा च्यापेर चितवन आएका थिए’ उनले भने, ‘तर जनताले मलाई प्रधानमन्त्री बनाए ।’

चितवन राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रमा रहेको बाँदरझुला बस्तीलाई निकुञ्ज प्रशासनले पटक–पटक हटाउने प्रयत्न गर्दै आएको छ । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि निकुञ्जले त्यसैगरी हात्ती लगाएर बस्ती उठाउन लागेको सूचना पाएसँगै रोक्ने आदेश दिएको स्मरण गर्दै प्रचण्डले भने, ‘अब पाँच वर्षका लागि बामपन्थीको बलियो सरकार बन्दैछ, खबरदार ! बाँदरझुलाबासीलाई दुःख दिएमा दुई महिनापछि कारबाही गरेर देखाउँछु ।’

‘कोही कर्मचारीले आफूलाई राजा नठाने हुन्छ, अब जनता नै राजा हुन्’ उनले भने, ‘जनतामाथिको दमन, अत्याचार हामी सहन सक्दैनौं ।’

प्रचण्डले आफ्नो क्याविनेटका तत्कालिन भूमिसुधार मन्त्री विक्रम पाण्डेले बाँदरझुलाबासीलाई सात धुर जग्गा दिएर सार्न खोजेको जानकारी दिँदै भने, ‘सात धुरले पुग्दैन भनेर रोकिदिएको छु, तपाईहरुलाई कम्तीमा पाँच कठ्ठा जमिन, लालपुर्जा र शिक्षा दिक्षाको ग्यारेन्टी सहित स्थानान्तरण गरिन्छ, अन्यथा बाँदरझुलामै आतंकको अन्त्य हुनेगरी बस्न पाउनुपर्छ ।’

बामपन्थी सरकार बनेपछि सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकता दिइने प्रतिवद्धता जनाउँदै चितवन–३ का प्रतिनिधीसभातर्फका उम्मेद्वार समेत रहेका प्रचण्डले केही बोतल रक्सी, केही पैसा र मासु–भातमा लोभिएर गणतन्त्र विरोधीलाई भोट नहाल्न आग्रह गरे ।

आइतबार तराईको माडी क्षेत्रमा घरदैलो अभियान लिएर पुगेका प्रचण्डले बाँदरमुढे स्मारकमा माल्यापर्ण समेत गरेका छन् । युद्धकालमा माओवादी कार्यकर्ताले सर्वसाधारण चढेको बसमा विष्फोट गराउँदा तीन दर्जन बढीको ज्यान गएको थियो । ‘बाँदरमुढे हत्याकाण्ड’ को रुपमा परिचीत उक्त घटना निकै आलोचित बनेको थियो ।

आइतबार प्रचण्डले बाँदरझुला नजिकै पर्ने पर्साको ठोरी, माडी नगरपालिकाको गोविन्दबस्ती लगायतका क्षेत्रमा आयोजित चुनावी कोणसभाहरुलाई संवोधन गरेका छन् । बामठबन्धन निर्वाचन परिचालन समिति चितवनले दिएको जानकारी अनुसार प्रचण्ड आज साँझ माडीमै बस्नेछन् ।

The post प्रचण्ड भन्छन्,‘कास्कीमा खान नपुगेपछि चितवन झरेको गरीवको छोरा हुँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.