यी सडकआमाको सहारा कालो कुकुर ( भिडियो हेर्नुहोस् )

निम्न आर्थिक अवस्थाकी यी बृद्धाका २०४४ सालमा श्रीमान बिते । भएको एउटा सन्तानले पनि संस्कार बिर्सियो । उत्तराधिकारी छोरा नै होस् भनेर तीर्थ–व्रत गर्ने हाम्रो संस्कारलाई उनको छोराले उल्टाइदियो, दिनुसम्मको दुःख दिएर । आखिर कमजोर शरीरले माइतीको आस गर्यो तर माइतीघर यति बिरानो बन्यो कि उनको घाउमा मलम होइन, नुन् छर्किदियो । अन्ततः अन्जानमै उनले काठमाडौं शहर रोजिन् ।

आखिर आमाको मन न हो काठमाडौं आएपछि पनि छोराको यादले सतायो, मातृत्व जाग्यो । एउटै मात्र सन्तान छोराको हालखबर बुझ्न मन लाग्यो । चिनेजानेकाबाट छोराको खोजी गरिन् । काठमाडौंकै असनमा छोरा फेला पनि पर्यो ।

तर छोरा अझै छोरा बनेन । छोरालाई कर्तब्यबोध सम्म हुन सकेन, जन्मदिने आमा हुन् भन्ने हेक्कासम्म बाँकी रहेन । उनी फर्किन्, आफ्नै संसार वसन्तपुर दरबार स्क्वार, जहाँ आफ्नो भन्नु त्यही एउटा कालो कुकुर छ, सहारा दयालु बटुवा । दैनिकी उस्तैगरी बितिरहेको छ, दिनभरी माग्नु अनि दिन ढलेसंगै सम्झनाले मन रुझाउँदै उज्यालो पर्खनु । एवम् रीतले … ।

The post यी सडकआमाको सहारा कालो कुकुर ( भिडियो हेर्नुहोस् ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.