सेनाको ट्रक दुर्घटना हुँदा १४ नेपाली सेना घाईते, २ जनाको अवस्था गम्भिर

१२ मंसिर, अछाम ।
अछाम जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका वडा नं. ४ तिमिल्सेनमा सेनाको ट्रक दुर्घटना हुँदा १४ जना सैनिक घाईते भएका छन् ।

नेपाली सेनाका अधिृकत सहित जवानहरुलाई बोकेर बाजुराबाट दुर्गाबक्स गण अछामका लागि आउँदै गरेको लु १ ग २७८ नम्बरको ट्रक आज साँझ साँफेबगर–मंगलसेन सडक खण्ड अन्तरगत तिमिल्सेनको घुम्तिमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका सबै १४ जनाको बयलपाटा अस्पताल अछाममा उपचार भैरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए। घाईते मध्ये दुई जनको अवस्था गम्भिर रहेको समेत डिएसपी न्यौपानेले बताएका छन ।

उनका अनुसार बाजुराबाट निर्वाचनको काम सकेर अछाम फर्किन लागेका नेपाली सेनाका अधिृकत सहित जवानहरु ट्रकमा सवार थिए । ब्रेक फेल भएर ट्रक दुर्घटना भएको न्यौपानेले जानकारी दिए । उनका अनुसार घाईतेको परिचय खुलेको छैन । ट्रकमा सेनानी सह–सञ्जय भण्डारी नेतृत्वको टोलीका साथ उनि सहित ३३ जना सैनिक जवान सवार थिए ।nepaliheadlines

The post सेनाको ट्रक दुर्घटना हुँदा १४ नेपाली सेना घाईते, २ जनाको अवस्था गम्भिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.