भारतमा ट्रम्पकी छोरी इभान्का, उपहारमा दिइयो ६४ लाखको सारी

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प भारतको हैदराबादमा ग्लोबल अन्तर्प्रिन्योरशिप समिटमा भाग लिइरहेकी छन् । भारत सरकारले उनको भव्य स्वागत गरेर उनलाई मीठामीठा खानेकुरा दिनेदेखि महंगा उपहार पनि दिइरहेको छ ।

यसैबीच तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले इभान्कालाई विशेष सारी उपहार दिएका छन् । यो गोलाभामा सारीमा चाँदीको मिहिन कारीगरी छ । सारीको मूल्य ६४ लाख रुपैयाँ हो । चाँदीको मिहिन कारीगरी गरिएको सारी बनाउनका लागि १२० परिवारका कारीगरले दिनरात मेहनत गरेर दुई महिनामा सारी तयार पारेका हुन् ।

इभान्कालाई भारत भ्रमणमा अन्य उपहार पनि प्राप्त भएका छन् । उनलाई साढे दुई किलो चाँदीबाट बनेको चारमीनारको प्रतिरूप र डेढ किलो चाँदीले बनेको हाँसको एक प्रतिमा पनि उपहार दिइएको छ । भारतमा इभान्काका लागि खास डिनरको पनि आयोजन गरियो ।

मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीले इभान्कासँग मिलेर समिटको उद्घाटन गरे । त्यतिखेर उनले इभान्कालाई काठको बाकस पनि उपहार दिए । इभान्का यत्तिका उपहार पाएर फुरुंग परिन् र मोदीको बेस्सरी तारिफ गरिन् । आलोचकहरूले चाहिँ यसरी मोदी सरकारले इभान्कालाई महंगा उपहार दिनु चाकरी हो भनेका छन् ।

The post भारतमा ट्रम्पकी छोरी इभान्का, उपहारमा दिइयो ६४ लाखको सारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.