साउदी अरेबियाको दामान मा आकासमै जन्मियो बच्चा, बच्चाले जीवनभर निःशुल्क प्लेन चढ्न पाउने

एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन् ।

नाम नखुलाइएकी एक २० वर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ ।साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो ।

जेट एयरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बईमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पु¥याइएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ ।

विमानमा बच्चा जन्मिने क्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए । बोइङ ७३७ उडानमा एक सय ६२ जना यात्रु सवार रहेका र मुम्बइमा सो विमान अवतरण गरिएको उक्त एयरवेजले जनाएको छ । ती महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको बताइएको छ । उक्त एयरवेजले पहिलोपटक आफ्नो एयरवेजमा यसरी आकासमै बच्चा जन्मिएको जनाएको छ ।

मुम्बईको होली स्पिरिट अस्पतालले एएफपी समाचार समितिलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ ।गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो ।सो विमानलाई दक्षिणी भारतीय सहर हैदरावादमा आकस्मिक अवतरण गराई आमा र बच्चालाई नजिकैको अस्पताल पु¥याइएको थियो ।

The post साउदी अरेबियाको दामान मा आकासमै जन्मियो बच्चा, बच्चाले जीवनभर निःशुल्क प्लेन चढ्न पाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.