यी पाँच देशमा हुँदैन रात, ७६ दिनसम्म डुब्दैन सूर्य !

संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ सूर्य अस्ताउँदैन । थाहा पाऔं, सूर्यास्त नहुने यी पाँच देश बारेः

१.नर्वेः नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।

२. स्विडेनः स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।

३.आइसल्याण्डः आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।

४.क्यानडाः क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।

५. फिनल्याण्डःफिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।

The post यी पाँच देशमा हुँदैन रात, ७६ दिनसम्म डुब्दैन सूर्य ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.