नेपालकै ठूलो अस्पताल नेपाल मेडिसिटी बाट ३ करोड नेपाली का लागी खुसीको खबर

ललितपुरको नख्खुमा नेपालकै ठूलो अस्पताल नेपाल मेडिसिटी संचालनमा आएको डेढ महिना भयो।गैरआवासीय नेपालीका संस्थापक उपेन्द्र महत्तोको लगानीमा संचालनमा आएको अस्पताल ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ।३० रोपनी क्षेत्रफलमा आधुनिक भवन छ। अस्पताल संचालनमा आएसँगै विरामीको चाप पनि बढ्न थालेको छ।

हाल ओपिडीमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ सञ्जय त्रिपाठीले जानकारी दिए।उपचार गर्न धेरै नेपाली भारतको दिल्ली र थाइल्याण्डको बैंकक जान बाध्य भएपछि स्वदेशमा नै सुविधासम्पन्न अस्पताल किन नखोल्ने भनेर महतोले अर्बौको लगानीमा अस्पताल संचालनमा ल्याएका हुन् ।

उपचारका लागि नेपाल मेडिसिटी नै किन त ?

मेडिसिटी अस्पतालमा अनुभवी डाक्टरहरु रहेको त्रिपाठीले बताए। ‘उपचारका लागि विदेसिने रकम अब स्वदेशमै रहन्छ, अन्तर्राष्ट्रियस्तरको प्रविधि तथा उपकरणबाट हामीले सेवा दिन थालेकाले ‘विदेशमा जाने, बस्ने थप खर्च व्यहोर्न नपर्ने उनले बताए।अस्पतालले एनएबिएच (नेसनल एक्रेडिएसन बोर्ड अफ हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स)बाट सम्वन्धन लिने जनाएको छ।

एनएबिएचका प्रतिनिधी आएर अध्ययन गरेर गइसकेको र यसबाटै चाँडै नै सम्वन्धन प्राप्त हुने इन्टरनेसनल प्यासेन्ट सर्भिसका तेन्जिङ बज्राचार्यले जानकारी दिए।यो एउटा अन्तर्राष्ट्रियस्तरको सेवा सम्वन्धन हो, जुन हालसम्म नेपालका कुनै पनि अस्पतालले लिएका छैनन्, चाँडै हामीले पाउँदैछौँ’ उनले भने।अस्पतालमा जस्तोसुकै बिरामीलाई पनि उपचार हुने र कतै रिफर नगरिने बज्राचार्यले बताए।

यहाँका डाक्टर तथा चिकित्सकहरु अन्य कुनै क्लिनिक वा अस्पतालमा कार्यरत नरहने भएकाले बिरामीले २४ सैं घण्टा सम्वन्धित डाक्टरको सेवा पाउने अस्पतालको दावी छ। त्यति मात्रै नभई बिरामीका जटिल समस्यामा डाक्टरहरुको छलफलबाटै समाधान गरिने उनले बताए। अस्पतालले स्वदेशीलाई मात्रै नभई विदेशीलाई समेत प्रभावकारी रुपमा सेवा दिने लक्ष्य लिएको छ।पर्यटकलाई भाषा, अन्तर्राष्ट्रियस्तरको प्रविधि तथा सेवामा कुनै कमी रहँदैन, स्वास्थ्य पर्यटनको समेत विकास गर्ने हाम्रो लक्ष्य हो’ उनले भने।

बाहिरबाट भवन हेर्दा, निकै महँगो छ भन्ने अनुमान हुन सक्ला, तर हाम्रो सेवा महँगो छैन, ओपिडीको टिकट शुल्क ५० रुपैयाँ तथा तथा जाँच शुल्क ५ सय रुपैयाँ मात्रै छ, जुन सामान्य अस्पतालमा पनि पर्दछ।’हाल १५० शैयामा संचालनमा रहेको अस्पतालले यसलाई बढाएर ७५० पुर्याउने लक्ष्य राखेको छ। अस्पतालले हेलिकप्टरबाट आउने इमर्जेन्सी बिरामीका लागि लक्षित गर्दै दुई हेलिप्याड बनाएको छ।

भवनमाथि एक र तल अर्को एक हेलिप्याड संचालनमा आइसकेको बज्राचार्यले जानकारी दिए।बोनम्यारो, मृगौला तथा कलेजो प्रत्यारोपणसम्मका सेवा अस्पतालले दिने बताइएको छ। एमआरआई, ओसिडी ल्याब, सिटी स्क्यान, इसिमो, इन्डोस्कोप, क्याभिट्रोन सर्जिकलका आधुनिक उपकरण र ब्लड बैंक अस्पतालमा छन्।

The post नेपालकै ठूलो अस्पताल नेपाल मेडिसिटी बाट ३ करोड नेपाली का लागी खुसीको खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.