सामूहिक यौनसम्पर्क गर्न नमान्दा ‘हत्या’

कार्तिक १८, २०७४-सामूहिक यौनसम्पर्क गर्न नमान्दा गलकोट नगरपालिका–५ लाम्पाटाकी ३५ वर्षीया एक युवतीको हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले स्थानीय ५७ वर्षीय खिमबहादुर निउरे र ३१ वर्षीया निशा रेग्मीलाई पक्राउ गरेको छ । दरमखोलामा तन्नाले पोको पारेर फालिएको अवस्थामा युवतीको शव फेला परेको थियो ।

असोज २५ गते मदिराको नसामा रातभर सँगै बसेका उनीहरूबीच सामूहिक यौन सम्बन्धको क्रम चल्दा युवतीले नमानेपछि निउरे र रेग्मीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक युवती र रेग्मीका पति वैदेशिक रोजगारीमा देशबाहिर छन् । गत आइतबार पक्राउ परेका निउरे र रेग्मीविरुद्ध प्रहरीले कर्तव्यज्यान मुद्दा दर्तापछि घटना सार्वजनिक गरेको हो ।

The post सामूहिक यौनसम्पर्क गर्न नमान्दा ‘हत्या’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.