पति ४ वर्षदेखि मलेसियामा, देवरसँगको सम्बन्धबाट छोरी जन्मिएपछि हत्या

नुवाकोट, मंसिर १४ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा तारकेश्वर गाउँपालिकाबाट देवर–भाउजु नै पक्राउ परेका छन् ।दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण बुधबार पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

नवजात छोरीको हत्या गरी मलकुण्डमा गाडेको अवस्थामा बुधबार बिहान फेला परेपछि उनीहरु पक्राउ परेका हुन् ।सविनाका पति चार वर्षदेखि मलेसियामा छन् । चार वर्षका छोराकी आमा सविनाले देवरसँगको यौन सम्बन्धबाट जन्मेको नाबालिका मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

The post पति ४ वर्षदेखि मलेसियामा, देवरसँगको सम्बन्धबाट छोरी जन्मिएपछि हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.