नाक चेक गर्न पुगेका बिरामीको नाक चेक गर्दा डाक्टरको उड्यो होस (भिडियोसहित)

सुरुमा नाक चिलाउने र पछि नाकबाट रगत नै बग्न थालेको समस्या लिएर अस्पताल पुगेका एक वृद्धको नाकले डाक्टरहरुलाई समेत झसँग बनायो ।

ब्राजिलको साओपाओलोस्थित क्लिनिक्स अस्पतालमा उपचारको लागि पुगेका ६५ वर्षका ती वृद्धको नाकमा १ सय भन्दा बढि झिँगाका लार्भा स्याउँस्याउँ गरेको देखेपछि सुरुमा त डाक्टरहरु पनि डराएछन् । नाकभित्र प्वाल नै थुनिने गरी किराहरु जम्मा भएको थाहा पाएपछि विरामी बुढाको होस ठेगान रहने कुरै भएन ।

केही समय पहिले नाकभित्रको ट्युमरको शल्यक्रिया समेत गराएका उनको नाक सुरुमा अलिअलि चिलाएको थियो । नाकको देब्रे पाखोमा दुख्ने, स्वास फेर्न पनि गाह्रो हुने, गन्हाउने र आँखासम्मै सुन्निएर नाकभित्रबाट रगत समेत बग्न थालेपछि उनी पुनः अस्पतालमा जँचाउन गए । अस्पतालमा गएर उनको नाकभित्र डाक्टरहरुले चेकजाँच गर्दा त उनको नाकमा ठूलो संख्यामा लार्भाहरु हुर्किरहको फेला पर्यो ।

यसलाई चिकित्सा भाषामा माइयासिस भनिन्छ । नाकभित्रका लार्भालाई एकैचोटी बाहिर निकाल्न सम्भव हुँदैन । त्यसैले नाकभित्र नुनपानी खन्याउँदै दिनका दिन डाक्टरहरुले भित्रका लार्भा बाहिर निकाल्दै गए र त्यसक्रममा नाकको इन्डोस्कोपी समेत गरियो । नाकभित्रका पूरै किरा निकाल्न डाक्टरहरुलाई ४ दिन लाग्यो । उनी अहिले पूर्ण रुपमा स्वस्थ बनिसकेका छन् । तर नाकभित्र किराको गुँड भएको पहिलेको अवस्था सम्झिँदा भने झसँग हुँदारहेछन् । -एजेन्सी

भिडियो हेर्नुहोस:

The post नाक चेक गर्न पुगेका बिरामीको नाक चेक गर्दा डाक्टरको उड्यो होस (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.