मन थामेर हेर्नुहोस ! रवि, युएईमा अष्टमीलाई आत्महत्या गर्न बाध्य पार्नेको यसरी खोजी गर्दै । अनि भने राजदुतलाई घिरौला जत्रो नाक पार्न मात्र राजदुत हुनु भएको हो ?

मन थामेर हेर्नुहोस ! रवि, युएईमा अष्टमीलाई आत्महत्या गर्न बाध्य पार्नेको यसरी खोजी गर्दै । अनि भने राजदुतलाई घिरौला जत्रो नाक पार्न मात्र राजदुत हुनु भएको हो ?

अष्टमी गुरुङको हत्यारालाई जुनसुकै हालतमा जहाँबाट भएपनि खोजेर सजाय दिलाउने रविको प्रतिज्ञा मलाई माफ गर्नुहोस्, चाकरी र चापलुसी भरिएको शब्दहरु प्रयोग गरेकोमा भन्दै रबि लामिछाने |

मलाई आज यो देशको प्रतिनिधीत्व गर्दै देशले दिएको सुविधा र नागरीकले तिरेको करमा जीवन चलाउने महामहिम राजदुत तहरु र दुतावासका कर्मचारी ज्युहरुसँग केही भन्नु छ ।

विशेष त खाडी क्षेत्रका दुतावासलाई लक्षित गरेर केही भन्नु छ । महामहिम राजदुत ज्युहरु तपाईहरुको हरेक बोली र कुयाकलाप डिप्लोम्याटीक हुन्छ र हुनुपर्छ , तपाईहरु हो नै डिप्लोम्याट । तर आज मलाई माफ गर्नु होस । म आज १०० प्रतिशत सिधा कुरा गर्न चाहान्छु , चाकरी र चापलुसी भरिएको शब्दहरु प्रयोग गरेकोमा माइन्ड नगर्नुहोल ।

१, तपाईको एम्वेसीमा फोन उठ्दैन रे, उठेपनि राम्रो व्यवहार गरिदैन र हो ? यो कम्पेलेन १ जना २ जनाको होइन ,सयौँ, हजारौँ जनाको हो । फोन उठाउन र नेपाली जनताको सेवा गर्न भनेरै तपाइलाई तलब दिइएको हो । फेरी तिनै नेपालीसँग झर्को फर्को किन ? तिनकै लागि भनेर राज्यले तपाईलाई जागिर दिएको हो ।

मिठो बोल्नुहोस, नबुझ्नेलाई सय पटक, हजार पटक त के लाख पटक पनि सम्झाउनु होस । सोझा साझा नेपाली दाजु,भाइहरुले विदेशी भुमीमा धेरै कुरा बुझेका हुँदैनन ,त्यसैले सर म्याडमहरुलाई टनाटन सुविधा दिएर राखिएको हो । २, दलालले ठगेर विचल्लीमा परेका र एउटै कोठामा भेडा बाख्रा झै कोचीएर बसेका नेपालीहरुको गुनासो सुन्दै सुन्नु हुन्न रे हो ? यो एक जना दुइ जनाको होइन, सयौ, हजारौँ नेपालीको गुनासो हो ।

सरकारले तपाइहरुका लागि खाने बस्ने राम्रो सुवीधा दिएको छ । जाडोमा न्यानो र गर्मीमा सितल हुने वातानुकुलित कोठामा तपाई सुतिरहँदा विदेशमा पनि सडक, सेल्टर र गोठ जस्तो कोठामा कोचिएका नेपालीहरुको बारेमा न सोच्ने ? तपाईको सुविधामा ति कर्मठ नेपालीको पसीना गनाउँदैन, मगमग बास्ना आउँछ ।

अर्काको देशमा पसिना बगाउँदा बगाउँदै जिवन गुमाएका नेपालीहरुलको लाश नेपाल ल्याउनको लागि पनि तपाईहरु पहल गर्नु हुन्न रे ? यो पनि एक जना दुई जनाको होइन सयौँको गुनासो हो ।सबलाई थाहा छ तपाईहरु मध्य धेरै राजदुतहरु कति कति पैसा आफ्नो आस्थाको पार्टीलाई बुझाएर राजदुतको पदमा आउनुभएको हो ।

खैर जे होस अब राजदुत भैसकेपछि विदेशी भुमीमा मुत्यु भएको नेपालीको लाश बाकसमा पठाइदिन पनि किन पहल गर्नु हुन्न ? स्रोत साधन कर्मचारी पुग्दैन भने थप्नुस,सरकारलाई, परराष्ट्र मन्त्रालयलाई दबाब दिनुस,सक्नुहुन्न भने राजदुत हुने लोभ पनि त्याग्नुस ।

ससुराली,छिमेकी र आफन्तको अगाडी घिरौला जत्रो नाक पार्न मात्र राजदुत हुनु भएको हो भने अब पुग्यो राजिनामा गर्नुहोस । र अन्त्यमा विभिन्न देशमा छरिएका बाणिज्य दुत ज्युहरुलाई पनि अनुरोध छ , टाई सुट लाएर प्रमुख अतिथि बन्दै आसन र भाषण भन्दा माथि उठिदिनुहोस ।

सिधाकुरा तपाई तर्फ पनि लक्षीत हुने क्रममा छ । आसन र भाषण मात्र गर्नेको लिष्टमा आफ्नो नाम राख्ने कि हटाउने त्यो तपाईको आफ्नै हातमा छ ।

हेर्नुस १५१ औ भागको भिडियो

अष्टमी गुरुङको घर खोज्दै गरखा पुग्यो हाम्रो टिम, आत्महत्या गर्न बाध्य पार्नेको खोजी तिव्र !

ससुराली, छिमेकी र आफन्तको अगाडी घिरौला जत्रो नाक पार्न मात्र राजदुत हुनु भएको हो ? हैन भने पिडितलाई सहयोग किन हुन्न ?

The post मन थामेर हेर्नुहोस ! रवि, युएईमा अष्टमीलाई आत्महत्या गर्न बाध्य पार्नेको यसरी खोजी गर्दै । अनि भने राजदुतलाई घिरौला जत्रो नाक पार्न मात्र राजदुत हुनु भएको हो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.