मलेसिया बाट आयो अर्को दु:खद खबर रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरू कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो ।उनीहरू काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए । तीन दिनसम्म विमानस्थल अध्यागमनको थुनामा बस्दा पनि कम्पनीका प्रतिनिधि लिन नआएपछि आफूहरूलाई स्वेदश फर्काइएको फर्किएकामध्ये एक जनाले बताए । यसरी फर्काइएकामा अधिकांश मधेसका छन् । उनीहरूले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए ।

क्वालालम्पुर विमानस्थलबाटै आफ्नो समस्या म्यानपावर कम्पनीसमक्ष राखेका पीडितले कम्पनीका व्यक्ति पवन दुलालले ‘केही घण्टाभित्रै समाधान गर्ने’ भनेको तर उनी केही बेरमै सम्पर्कविहीन भएको बताए । ‘सुरुमा केही घण्टामै समस्या समाधान हुने बताएका म्यानपवारका मान्छे पछि मोबाइल अफ गरेर सम्र्पकविहीन भए,’ फर्किएकामध्ये एक कामदारले सुनाए । दुलालसँग कान्तिपुरले सम्पर्क प्रयास गर्दा म्यानपावर कम्पनीका कर्मचारीले उनी मलेसिया उडेको जानकारी दिए ।म्यानपावर कम्पनीका सञ्चालकमध्येका एक नरेश गेलालले कम्पनीले आवश्यक कागजात क्लियर गर्न नसकेका कारण कामदार फर्किनुपरेको बताए । उनले कामदारलाई काठमाडौंकै होटलमा राखिने र कम्पनीले आवश्यक कागजात तयार गरेपछि फेरि मलेसिया पठाइने दाबी गरे । कामदारसँग सरकारले तोकेभन्दा बढी पैसा नलिएको पनि उनको भनाइ छ । ‘गाउँको एजेन्टले कति पैसा लियो थाहा भएन, हामीले सरकारले तोकेअनुसार सेवा शुल्क १० हजार मात्रै लिएका छौं,’ उनले भने । कान्तिपुरमा खबर छ

The post मलेसिया बाट आयो अर्को दु:खद खबर रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.