चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा कारण छन् । एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी ।
रक्तनलिहरु खुम्चिनु : जाडो मौसममा विहानी पख अत्यधिक चिसोका कारण रक्तनलिहरु खुम्चिन्छ । जसलाई चिकित्सकीय भाषामा भाजुस्पाजम भनिन्छ । भाजुस्पाजमले गर्दा शरीरका विभिन्न भागमा रक्तसञ्चारमा अवरोध पैदा हुन्छ । त्यो अवरोध मुटुको कुनै भागमा समेत हुनसक्छ । र जब मुटुमा रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुन्छ ।
भिटामिन डी को कमी : चिसो मौसममा फलफुल तरकारी तथा घाम समेत अभाव हुन्छ जसबाट भिटामिन डी को कमी हुन्छ । यसले रक्तसञ्चार प्रक्रियामा अवरोधमा पैदा हुनसक्छ र हृदयघातको सम्भावना बढी हुन्छ । यसले प्रेसरका विरामीहरुलाई बढी गाह्रो हुने र नयाँ प्रेसरका विरामी थपिने सम्भावना हुन्छ । मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ ।
जोगिन के गर्ने ? जाडो मौसममा मुटुका विरामीहरु विहानै नउठ्ने । बरु घाम लागेपछि उठ्ने ।जाडो मौसममा सबेरै मर्निङ वाकमा ननिस्कने, बरु घाम लागेपछि वा मौसम तातेपछि बाहिर हिडडुल गर्ने धूमपान नगर्नेसकेसम्म सागसब्जी फलफुल खाने, झोल कुरा सुप पिउनमा जोड दिने।
The post जाडोको बेला विहानीपख हृदयघात बढी हुनुको कारण के हो ? जोगिन के गर्ने ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.