मानिस ढुंगेयुगबाट आयो, ढुंगे युगमै फर्कदैछ…

अनिल अधिकारी (२००८) | जब सुर्यलाई एक ताराले ठक्कर दियो तब सुर्यबाट धेरै टुक्राहरु छुटीन गए । त्यसबाट ९ वटा ग्रह तथा अन्य उपग्रहहरुको उत्पति भयो । हजारौं बर्ष पछि नौ ग्रहहरु मध्य पृथ्वी एक त्यस्तो ग्रह बन्यो जुन हालको पृथ्वी भन्दा एकदमै भिन्न थियो । जव पृथ्वी सेलाउदै गयो तब तापवाट सेलाउदै गएको पृथ्वीबाट वाफहरु आकास तर्फ आकासिन्थे तब बिस्तारै वायुमण्डलको साथै अन्य पद्धतीमा पनि सुधार हुन थाल्यो र पृथ्वीको छुट्टै बायुमण्डल बन्न पुग्यो ।

पृथ्बीले वाफ निकाल्न थालेकाले बादलहरुले पृथ्वी ढाक्दथ्यो र पानीको वर्षा सुरु हुन थाल्दथ्यो पृथ्वीमा जति पानी पथ्र्यो, झन पृथ्वी सेलाउदै जान्थ्यो र झन बाफ उड्न थाल्दथ्यो एबम् रितले पृथ्वीमा पारिस्थीतीक प्रणालीमा निकै सुधार आयो पानीहरु केही उकालोबाट ओरालो बग्दा आफ्नो आफ्नो बाटो बनाइ बग्न लागे र करोडौ वर्षपछि ठुला-ठुला पहाडहरुको निर्मार्ण हुन पुग्यो । यसै सिलसीलामा पानीमा बस्ने एककोषीय जीब तथा पानीमा उम्रने विरुवाहरुको उत्पति भयो र कालान्तरमा बहुकोषीय जिव तथा डाइनोसरहरुको उत्पति भयो र अन्य हिम्स्रक जिवहरु पनि । हालको प्राणीहरुको उत्पति हुन पृथ्वीले धेरै बर्ष पर्खनुपर्यो र हाल पृथ्वीमा देखिएका सम्पुर्ण जिवहरुको उत्पति हुन पुग्यो । यसै सिलसिलामा बादरको उत्पति भयो । र त्यसैको एक जातलाई मानबको संज्ञा दिइयो । जुन हालको बादर भन्दा केही बिकसीत थियो । तात्कालीन मानवको मस्तीष्क एकदमै अविकसित थियो ।

उनिहरु आफु बाच्नको लागि अरु मार्न पनि तयार थिय । न त वनका गिठा भ्याकुर वाँकी राख्थे न त कुनै पनि प्राणी सबै उनिहरुको आहारा हुन्थे । समय वित्दै गयो उनिहरुले आफ्नो स्वार्थको लागि अरुको आबस्यकता महसुस गरे । र समुहमा बस्न थाले समुहमा बस्देै एक अर्का प्रति माया बस्न थाल्यो र हुदाँ हुदै मानिस अब आफ्नो आफ्नो परिवार वनाएर मिलेर बस्न थाले । मानिसले आफ्नो खाना जुटाउन सहज हातहतियारहरुको कल्पना गर्न थाले । काठ तथा ढुंगाको हतियार र ओडारको घरमा बस्ने हुनाले यसै युगलाई ढुंगे युग भनिन्छ । यस अघि मानिसले आफ्नो अंग आफ्नो वोलीचाली र व्याबहारलाई केही महत्व राख्दैनथे तर पछि जब मानिस समुहमा बस्न थाल्यो तब मानवले आफ्नो लबाइ-खवाइलाई केही महत्व दिन थाल्यो र रुखका वोक्रा तथा पातहरुले आफ्नो गोप्य अंगहरु छोप्न थाल्यो ।

चट्टान फोर्दा निस्केको आगोको झिल्काले आगोको उत्पति गर्यो । र अव मानिसले पसु मारेर पोलेरै खान थाले । समय वित्दै गयो । मानिस समाजमा बस्न थाल्यो र यसैकारण मानबको विकासमा तिव्र परिबर्तन हुन थाल्यो । अब सारिरीक अंग ढाक्न रुखका वोक्र नभएर जनावरका छाला तथा वनका भुवादार बस्तुहरुको कपडा वनाउन सफल भए । बिस्तारै कपडाको विकास हुन थाल्यो । ओडार छाडेर वनका काठबाट घर वनाएर उनिहरु बस्न थाले । आफुहरु एउटै ठाउमा बस्न अनुकुल ठानी ४।५ घर मिलेर एउटा मुखिया चुनी राख्ने गर्न थाले । जसको कारण गाउमा राम्ररी कार्य गर्न सकियोस यसैको प्रभाबले राज्यहरुको निर्माण गर्न थाले र मानब अब एक चेतनशील प्राणीको नामले चिनीन लाग्यो । अब कपडामा पनि आमुल परिबर्तन आयो आर्थिक क्रान्ति हुन थाल्यो र कपडा बुन्ने मेसीनहरु बन्न थाले । सन् १६०० सम्ममा कपडाहरुको बिकासमा तिब्रता छायो हुँदै जादा सन् २००० सम्ममा पृथ्वी उतर आधुनिक युगको नामले प्रख्यात बन्न पुग्यो ।

कपडाको आमुल परिबर्तनले मानिसले आफ्नो पुरै सरिर ढाक्ने कपडाहरु लगाउन थाले । तर अपसोचको कुरा के भने एसरी कपडाको अझै राम्ररी बिकास हुन नपाउदै मानिसले विस्तार विस्तार कपडाको लम्वाइ घटाउन थाल्यो समयक्रमसंगै कपडा उद्योगहरु चल्न थाले ५ बर्ष अगाडी बनेको कपडा पनि बन्न छाड्यो । मानिसले मानिसकै रिस गर्नथाले आफु बाच्न अरुलाई समेत मार्न तयार भयो मानिस । जनसंख्याको तिब्र बृद्धीले भोकमरी मच्चिन थाल्यो । महामारी फैलीन थाल्यो । दाइभाइ बिरुद्ध मत भेद, स्वार्थीपन, अहमता, आफन्त उकास्ने सासक तथा नेता , गुटको बिकाश, आफन्त बीच फुट, माता पिता तथा छोरा छोरी विचको फाटो, साधनको दुरुपयोग र अन्य आधुनिक साधनबाट मानब अल्छि स्वार्थी र मुर्ख बन्दै जान थाल्यो । कपडा घट्दै जान थाल्यो । फेसन प्रतियोगीताहरु हुन थाले । टि.भी तथा कम्प्युटरले फेसनमा तहल्कानै मचाइदियो । यसैले कपडाको स्वरुपनै परिवर्तन हुन थाल्यो । केटाका पाइन्टहरु केटीमा सर्यो । केटीले लगाउने टपहरु केटामा सर्यो केटाको पाइन्ट तल तल झर्यो, मोवाइलबाटै लब पर्यो, केटीको फ्रक पनि अब मिनीस्कटतिर झर्यो । तर यो कुरा पनि त धेरै दिनसम्म टिक्न सफल भएन । २ इन्चको मिनिस्कट र २० ठाउमा भ्यांग परेका पाइन्टहरु तथा इस्पाइडर भेष्टहरु बन्न थाले । सिनेमामा देखीने नांगो फेसनले जुनकुनै स्त्री तथा पुरुषहरु कामुक देखिन थाले । बाहिर समाजमा पनि त्यस्तो फेसन सामान्य जस्तो हुन थाल्यो ।

मोवाइलबाट लभ, इन्टरनेटबाट जब, चिटबाट रर्फ मम पनि बफ हुन थाल्यो कोठाबाट बाहीर आउन पनि बिद्युत भर्यांगको प्रयोग हुन थाल्यो र ५ मीनेट टाढा पनि अटो मोवाइलहरुको प्रयोग हुन थाल्यो । र मानिस हिड्न समेत विर्षलानकी भन्ने डर हुन थाल्यो । जब एक लाचार महिला वा पुरुषले प्रचलनमा ल्याएको फेसन अरुकोलागि पनि सहीय हुन थाल्यो । कपडाको लम्वाइ घट्न थाल्यो तब मानिसहरु जे मनमा आउछ त्यहीगर्न तथा बोल्न लागे । यसरी मानब मस्तीस्कमा ह्रास आउन लाग्यो । प्रत्यक एकान्त कुनामा मानिसको लास देखिन थाल्यो बाबु छोरा बिच पनि युद्ध चल्न थाल्यो यसरी मानब परिबारबाट पनि छुट्टै बस्न थाल्यो । एक मानबलाई अर्को मानब बिच कुनै सम्बन्ध पनि रहन सकेन र मानबले मानबको अस्त गर्न छाड्यो । नाता सम्बन्ध तथा साथीको नाता पनि टिक्न सकेन फसनकै कारण दाजु भाइ तथा नाता सम्बन्धमा पनि यौन सम्बन्ध जोडीन थाल्यो । को पराइ को आफ्नो भन्ने कुरा मानबले छुट्याउन सकेन र सामाजिकीकरणमा पनि असर पुग्यो र समाजको पनि पतन भयो । यो कुरा सन् ३००० सम्म रहन गयो । मानब फेसन भन्ने कुराको फे र कपडाको क पनि बाकी रहेन किनकी यस ताका नत कपडा बनाउने उद्योगनै थियो न त मानिसको कुनै चेतना । किनकी फेसनकै कारण घट्दै गएको कपडाको लम्वाइ धागोमा सिमीत भएर पनि फुकालीइ सकेके थियो । उत्तराधुनिक मानब सम्पुर्ण कार्यहरु रोबर्टबाट गर्न थालेको हुनाले आफु केही नगरी बस्दथ्यो । यसैकारण औजारहरुको पनि विनास हुन पुग्यो । पृथ्वीमा खनिज इन्धनको अभाब हुन थाल्यो यसैकारण यातायात तथा अन्य साधनहरु उड्न तथा गुड्न छाडे । यसैकारण सहरका महलबाट रातो पजेरोमा गुड्ने नेताहरुको भाषण पनि रेडीयो तथा टिभिबाटै सम्भब हुन थाल्यो । मानब यति बेकामको बन्यो की न त उसको सरिरमा कपडा रह्यो नत मस्तिस्कमा कुनै चेतना । यसैकारण मानब ढुंगे युगमा पुग्यो तर तात्कालीन ढुंगे युग र आधुनीक ढुंगे युगमा तीन फरक छन् ।

१. पारीस्थीतीक प्रणाली

२. स्रोत र साधन

३. मानब चेतना तथा जनसंख्या

अबत जनसंख्या वृद्धीका कारण पृथ्वीमा थुक्ने ठाउँसम्म पनि भएन । अनेक थरिका सरुवा रोगहरुको महामारी फैलन थाल्यो । एक लास माथी अर्को लास देखिन थाल्यो । त्यसको लगतै ४००० वर्ष पछाडी मानब तथा सम्पुर्ण जिव अस्तीत्व विलाएर गए । त्यो नै चार युगको अन्तिम युग थियो । त्यसैले त्यो नै कलि युग थियो प्राणीहरुको अब जिवावशेष मात्र रहन गयो । त्यसबेला मैले लेखेको यस लेखको पनि समाप्त हुन पुग्यो । मेरो यो लेख समेत अबशेषबाट निकाल्दा पनि अस्पष्ट हुने हुनाले म लेखक स्वयमको युग समेत समाप्त भयो ।
– अनिल अधिकारी (२००८ मा लेखिएको लेख ।)

The post मानिस ढुंगेयुगबाट आयो, ढुंगे युगमै फर्कदैछ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.