मुसहर बस्तीमा आगलागी, २५ घर जले, धुर्मुस सुन्तलीको आँखा जाला ?

मंसिर ११, सुनसरी । नेपालका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई दुखी, गरिब र असाहायले नसम्झेको दिन हुँदैन। उनीहरुले सकेको ठाउँमा सहयोग गरेका पनि छन् । नेपालमा जहाँ बढी दुख पाएका जनता छन् त्यहाँ धुर्मुस सुन्तलीको आँखा पुगेकै हुन्छ । उनीहरुले काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी गर्दै अहिले रौतहटमा बस्ती बसालिरहेका छन् ।

यसैबिच सुनसरीको मुसहर बस्तीमा आगलागी हुँदा २५ घर जलेका छन् । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको हो । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए । मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले विभिन्न दलका नेता तथा कार्यकर्ता सो क्षेत्रमा राहत प्रदान गर्न पुगेका छन् ।

केहि महिना अघिमात्रै महोत्तरीको मुसहर बस्तीका बासिन्दालाई घर बनाइदिएका धुर्मुस सुन्तलीले आँखा अब यो मुसहर बस्तीमा जाला या नजाला रु हामी चाहान्छौं । गरिब, दुखी जनताले भगवान मानेका धुर्मुस सुन्तली यी दुखीहरुको पनि भगवान बनुन् ।

The post मुसहर बस्तीमा आगलागी, २५ घर जले, धुर्मुस सुन्तलीको आँखा जाला ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.